
जाजरकोटमा यातायात मजदुरको बीचमा झडप भएको छ । झडपमा एकजनाको ज्यान गएको छ । बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले बताए
नरेशको शव बारेकोटको देउला खोलामा भेटिएको छ । हत्यामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिएको एसएसपी ठकुरीले बताए । घटनास्थलमा प्रहरी निरिक्षक हेरम्बप्रसाद पाण्डेको नेतृत्वमा टोली खटिएको छ । रातोपाटी