कृष्ण खत्री
इतिहाँसकाे त्याे काल खन्डमा ।वीर पुर्खाहरुकाे पाैरखवाट ।निर्माण गरियकाे याे मेराे देश नेपाल ।
हिजाे जहानिया अन्धकारमा फस्न विवस भयाे ।
रास्ट्रकाे भविस्य निर्माण गर्न लडे विर पुर्खा फेरि ।
रास्ट्र ,रास्ट्रियताकाे मर्म जाेगाउन ।
ती मेरा युवा पुर्खाकाे लागि । दिन पनि अँध्याराे बन्याे ।
सुर्यले दिने प्रकाश समेत चिसाे भयाे ।
ती चेतनशिल दुरदर्शी वीर पुर्खाले ।
जिवनलाइ तरवारकाे धारमा राख्दै ।
नयाँ पुस्तालाइ समृद्ध वनाउन ।
शिरठाडाे पारी ।
कायरहरुकाे सामुछाती खाेली ।
गाेली थाप्दै।
फाँसिमा चढन प्राणकाेआहुती दिय ।
ती हाम्रा अग्रजले । ती पुर्खा सहिद दशरथ चन्द धर्भक्त माथेमा सुक्रराज शास्त्री,गंगालाल श्रेष्ठ हरु हामी सवैका मुटुमा
अमर छन आज ।
राजदरवार रानीहरुकाे स्वार्थका लागि ।
भन्डारखाल, काेतपर्व,माथवर सिंह हत्या हुँदै निर्माण भयकाे त्याे जहानिया राणा सासनले पनि देश वेच्न तसकेकाे थियन ।
तर आज ! सहिदकाे सपना कुल्चदै ।
मातृभुमी माथी कुठाराघात गर्दै ।
देशका नेता र नेतृत्व भनाउँदाहरु ।
बिदेसिकाे पाउमा लम्पसार हुँदै।
देश विकासकाे नाउँमा।
बिदेशिकाे दासत्व सुइकार्दैछन किन ?
युक्रेन र रुसकाे लडाइजस्तै ।
छिमेकी मित्र चिन र साम्राज्यवादी
अमेरिका जुधायर हामी र हाम्राे देश मास्दैछन आज ।
धिकारछ प्रजातनत्रका नायक भनाउँदा हाे ।
त्याे त थियन सहिदकाे सपना !!!