बुधबार, भदौ २६, २०८१

विप्लव निकट युवा संगठनले लगायो मेनपावरमा ताला

१७ जेठ, बुटवल
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन रुपन्देहीले बुटवलमा रहेको मेनपावर कम्पनी लिंक इन्टरनेसनल प्लेसमेण्ट सर्भिसेस प्रालिमा बिहिबार तालाबन्दी गरेको छ ।
युवा संगठन नेपालका प्रदेश अध्यक्ष भक्त सिको नेतृत्वमा गएको करिब दुईदर्जन युवाहरुको समुहले उक्त तालाबन्दि गरेको हो ।
केही समय अघी उक्त कम्पनीले रुपन्देहीका तीनजना नेपाली युवाहरुलाई कुबेतमा लगि अलपत्र पारेको भन्दै युवा संगठन नेपालले तालाबन्दी गरेको जिल्ला सचिव शिब सीले बताए।
युवा संगठन अनुसार मोटो रकम २ लाख ५० हजार लिई यहाँबाट कुबेत लैजाने र मासिक ११० केडी तलबको कुरा गरेको तर अन्तिममा ९५ केडीमा सम्झौता गरी लगेको र कुबेत पुगेपछि ८५ केडीमा काम गर्न कम्पनीले दबाब दिएको बताएको छ । तेसैले यहाँ भएको सम्झौता अनुसारको काम र तलव नभएमा यसको जिम्मेवारी मेनपावर कम्पनी हुने चेतावनी युवा संगठनले दिएको छ ।
यता उक्त कम्पनीका बुटवल शाखा प्रमुख विकास रानाले यहाँबाट पठाएका युवाले मिस्त्रीको काम गर्न नसकेको कारण समस्या आएको बताएकाछन । कम्पनीले कामदार युवाहरुलाई कुवेतमा नै अर्को काममा लगाउन वा नेपाल फिर्ता ल्याउन तयार रहेको समेत उनले बताए । उनले तालाबन्दिगरेर भन्दापनि संबाद गरेर समस्यको समाधान निकाल्न आग्रह गरेकाछन।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सीले प्रधान कार्यालयका मुख्य मानिससंग आफ्नो कुराकानि भएको र ती युवाहरुको समस्या छिटो समाधान गर्न कम्पनीलाई आग्रह गरेका छन् । उनले समस्याको समयमै उचित समाधान ननिकाले थप संघर्ष समेत गर्न तयार रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?