बुधबार, भदौ २६, २०८१

नेपाल शिक्षक महासंघ मल्लरानीले गाउँपालिकामा ध्यानाकर्षण गरायो

बिमला पौडेल
प्युठान नेपाल शिक्षक महासंघ मल्लरानीले बिधालय र शिक्षक सम्बन्धि माग सहित मल्लरानी गाउँपालिकामा ध्यानाकर्षण पत्रपेश गरेको छ।

ध्यानाकर्षण पत्रमा भनीएको छ धेरैवर्ष देखि बिधालयको मसल्न्द खर्च नबढेकोमा बढाउनु पर्ने, गाउँपालिका शिक्षक अनुदान शिक्षाक कर्मचारीको पारिश्रमिक बढाउन पर्ने, रास्ट्रपति रनिङ सिल्ड कार्यक्रमको लागि बजेटको ब्यबस्था,उत्कृष्ट तथा निबृतशिक्षक प्रोत्साहन कार्यक्रम सम्बोधन गर्न माग गरेको छ।

साथै बिधालयलाई आवस्यकताको आधारमा शैक्षिक तथा अन्य सहयोगका कार्यक्रम ल्याउन समेत आग्रह गरिएको छ।

नेपाल शिक्षक महासंघका पालिका अध्यक्ष नोमराज पौडेलको नेतृत्वमा आएको टोलिले शुक्रबार मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउदै आफ्ना मागहरु सम्बोधन गर्न अनुरोध गरेको अध्यक्ष पौडेलले बताउनुभयो।

ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले मागहरुको बारेमा गाउँपालिकाको बिषयगत समिति र गाउँपालिकामा छलफल गर्छौ तत्काल सम्बोधन गर्नपर्ने देखिएमा आगामी निति कार्यक्रममा समाबेस गर्छौ ” स्रोतसाधन सिमित भएकोले सबै मागहरु तत्काल सम्भव नदेखिएको भन्दै कर्मश आगामी दिनमा समेट्दै जाने बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?