सोमवार, अशोज २१, २०८१

प्यूठानमा भदौ २६ देखि कोभिड विरुद्ध खोप अभियान

 

प्यूठान । भदौ २६ देखि जिल्लामा कोभिड—१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । जिल्लाका सवै स्थानीय तहमा एकसाथ खोप अभियान संचालन गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

कोभिड–१९ विरुद्ध फाइजर–बायोएनटिक खोप प्रदान गर्न थालिएको हो । “जिल्लाभर एक हप्ता अभियान संचालन गर्ने तयारी गरेका छौं” स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले भन्नुभयो, “२६ गते देखि संचालन भएको अभियान भदौं ३१ गते सम्म संचालन हुनेछ ।” नियमित खोप केन्द्र संचालन हुने स्थान र अन्तीम दिन स्वास्थ्य संस्थावाट खोप सेवा प्रवाह हुने खड्काले जानकारि दिनुभयो ।

१२ वर्ष उमेर माथीका व्यक्तिलाई खोप सेवा प्रदान गरिने उहाँले बताउनुभयो । गत माघ महिनामा बुस्टरडोज नलगाएका व्यक्तिहरुले खोप लगाउन मिल्ने कार्यालयले जनाएको छ ।

अभियानका लागि ४० हजार डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीन महिना पुरा नभएको गर्भवती आमा,  कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाए पछि कुनै गम्भीर एलर्जीक प्रतिक्रिया भएका र खोपमा भएको कुनै तत्वको कारण गम्भीर एलर्जीक प्रतिक्रिया भएका व्यक्तिले भने खोप लगाउन नहुने निमित्त प्रमुख खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?