प्युठान राष्ट्रिय जनमोर्चा प्युठानले विभिन्न माग सहित स्थानीयतहमा ज्ञापनपत्र बुझएको छ।
राष्ट्रिय जनमोर्चा नगर तथा गाउँपालिका समितिद्वारा स्थानीय तहका प्रमुखहरुलाई स्थानीय, जिल्ला स्तरीय र राष्ट्रिय स्तरमा देखिएका समस्या तथा सवालहरु लिएर ज्ञापनपत्र पेश गरिएको राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।
स्थानीयतह जनताको नजिकैको सरकार भएकोले जनताको आवस्यकतालाई मध्यनजर गरि काम गर्नुपर्ने, बिकास निर्माणका काम गुणस्तरीय र प्रभावकारी हुनुपर्ने, शैक्षिक गुणस्तर वृद्धिगर्न ध्यानदिनु पर्ने, भ्रष्टाचारलाई न्यूनीकरण गर्नपहल गर्ने, ग्रामिण सडक,विद्युत, खानेपानी लगाएतका समस्या तत्काल समाधान गर्नुपर्ने, चालुखर्च घाटाएर पुजिगतखर्च बढाउनुपर्ने, असारे बिकासको अन्त्यगरि समयमै योजनाका कामसुरु गर्ने, कृषि तथा फलफूल खेती बिस्तार तथा प्रबर्द्धन गर्नुपर्ने, माग राखेको छ।
राष्ट्रिय जनमोर्चाले मागपत्रमा भनेको छ ” देशमा देखिएका राष्ट्रघाती एमसिसी खारेज गर्ने,१९५०लगाएतका सन्धि खारेज गर्नुपर्ने, संघीयताले देशको लागि उपयुक्त नभएकोले खारेज गर्नुपर्ने, कालोबजारी, कृत्रिम अभाव,मुल्यबृधि आदि रोक्नपर्ने जस्ता जल्दाबल्दा सवालको उठान गरिएको छ”।
राष्ट्रिय जनमोर्चा प्युठानको बैठकले गरेको निर्णय अनुसार भदौ २७ गते प्युठान जिल्लाका सबै स्थानीयतहमा ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो सोही अनुसार सरुमारानी गाउँपालिका बाहेक सबै गाउँ तथा नगरपालिकामा ज्ञापनपत्र बुझाएको राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो।
जिल्ला तथा पालिका स्तरका नेता कार्यकर्ताको प्रतिनिधि मण्डल सहितको सहभागीतामा ज्ञापनपत्र पेश गरिएको हो।