सोमवार, अशोज २१, २०८१

संविधान दिवस प्युठानमा मनाइयो

प्युठान संविधान दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरि प्युठानमा मनाइएको छ।
बिहिवार सदरमुकाम खलंगामा र्याली सहित बजारपरिक्रमा गरी जिल्ला समन्वय समिति प्युठानको सभाहलमा औपचारिक कार्यक्रम गरिएको थियो।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य उप प्रमुख दुर्गा रेग्मीले गर्नु भएको थियो कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरुमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, जिल्ला न्यायाधीश हिरन्य प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी रमा सुबेदी, राजनीतिक दलका प्रतिनिधि लगाएतले आफ्नो धारण राखेका थिए ।

लामो त्याग र आन्दोलन बाट प्राप्त गरेको संविधान र गणतन्त्रलाई सस्थागत गर्नुपर्ने बताएका थिए ऊनीहरुले संविधानको मर्म र भावनानुरुप काम हुन नसकेकोमा चिन्ता गर्दै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

संविधान दिवस राष्ट्रिय दिवस कार्यक्रम विभिन्न कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा बिबिद कार्यक्रम गरि दिवस मनाउने निर्णय भएको समन्वय प्रमुख धरम बहादुर जिसीले बताउनुभयो।
कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि , संघसस्थाका प्रतिनिधि, सुरक्षानिकाय का प्रतिनिधि,पत्रकार, शिक्षक विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति प्युठान , जिल्ला प्रशासन कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?