प्युठान अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( छैटौं) को २० औं जिल्ला सम्मेलन आयुस्मा होटेल जुम्री प्युठानमा बिहिवार सप्पन्न भएको छ।
नौ ओटै स्थानीय तहबाट प्रतिनिधित्व गरि आएका छैटौंका विद्यार्थीहरुको सहभागितामा सम्मेलन गरिएको अखिल छैठौं प्युठानले जनाएको छ।
अखिल छैठौंका केन्द्रिय सचिवालय सदस्य चोप बहादुर बिकले प्रमुख अतिथिको आसानबाट बोल्दै शैक्षिक आन्दोलन सुधार र शिक्षामा देखिएको बिकृतीको विरुद्ध निरन्तर आवाज उठाउने संगठन अखिल छैठौं मात्र भएकोले सबै विद्यार्थी अखिल छैठौंको झन्डामा गोलबन्द हुनुपर्ने बताउनुभयो।
सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्का, लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्री, नेकपा मसाल लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, प्युठानका प्रवक्ता राम पहाडी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
शुभकामना दिने वक्ताहरुले देश झनपछि झन खतरामा रहेको र प्राप्त उपलब्धि गुम्न सक्ने कुरा औल्याउँदै सचेत विद्यार्थी युवाहरुबाट खबरदारी हुनुपर्ने बताएका हुन। ऊनीहरुले शिक्षा क्षत्र अत्यन्तै कमजोर भएको सरकार शिक्षालाई गुणस्तरीय गराउन नसकेको भन्दै विद्यार्थी आन्दोलन आवस्यक रहेको बताएका हुन।
सम्मेलनले सर्वसम्मत रुपमा केशव बुढाथोकीको अध्यक्षतामा १५ पुर्ण ४ बैकल्पिक गरि १९ सदस्य समिति चयन गरेको छ। जसमा उपाध्यक्ष साबित्रा नेपाली,सचीव लक्षमण पुन, सहसचीव सचिन कुवर, कोषध्याक्ष सबिन बस्नेत रहेकाछ्न ।
सम्मेलनले ४ जना सल्लाहकार समिति गठन गरेको छ।
सम्मेलनमा संगठनले गरेका गतिविधि सहितको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन व्यापक छलफल सहित पारित भएको अध्यक्ष केशव बुढाथोकीले बताउनुभएको छ।