शुक्रबार, अशोज २५, २०८१

सेवा प्रबाह र समग्र बिकासमा ध्यानदिने : प्रजिअ रमा आचार्य 

प्युठान  प्युठानमा नवआगन्तुक प्रमुख जिल्ला  अधिकारी रमा आचार्य (सुबेदि)ले जिल्लामा सुशासन कायम गर्दै जिल्लामा रहेका सरकारी कार्यालयले दिने सूचना प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय प्युठानमा  पत्रकार भेटघाट तथा परिचयात्मक  कार्यक्रममा बोल्दै उहाँले जिल्लाको शान्ति, सुरक्षा सँगसँगै सुशासन कायम राख्दै कार्यालयबाट प्राप्त हुने सूचनालाई थप व्यवस्थित बनाउदै सर्वसाधारणको पहुँचमा ल्याउने बताउनुभएको थियोे ।

जिल्लामा शान्ती सुरक्षा, सुशासन, बिकास निर्माण, कालोबजारी नियन्त्रण, छुवाछूत, बालविवाह, महिला हिंसा न्यूनीकरण, सँगसँगै सामाजिक विकृति र विसंगति अन्त्यका लागि पत्रकार र स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो

प्युठान जिल्लालाई  सबल बनाउन सबैको सहयोग महत्त्वपूर्ण हुने भएकोले सबैले हातेमालो गरेर जिल्लाको बिकासमा लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले पत्रकार र प्रशासन बिच सुमधुर सम्बन्ध कायम गर्दै जनताका समस्या समाधान गर्न सहयोग पुग्ने प्रजिअ आचार्यले बताउनुभयो ।

सरकारी कार्यालयबाट हुने राम्रा र नराम्रो कामलाई पत्रकारहरुले निरन्तरको खबरदारीले सच्चिन सहयोग पुग्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रशासन र संचारकर्मी विचको सम्बन्धलाई सुमधुर बनाउनमा कमि हुन नदिने बताउनुभयो । जिल्लाको खस्केको शैक्षिक गुणस्तरलाई माथी उठाउन स्थानीय तह र सबै सरोकारवालासँग सहकार्य गर्दै सुधारको सबै उपाएको खोजी गरिने बताउनुभयो ।

पत्रकारहरुले जिल्लामा भएका समग्र सवाल तथा  समस्याको बिषयमा जानकारी गरएका थिए ।

  जिल्लाका सरकारी कार्यालयको नियमित सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको थियो ।जिल्लाका सरकारी कार्यालयहरूले नियमित रूपमा गर्नुपर्ने सूचना प्रवाह नगरेको र सूचनाको हकको कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण गराइएको हो ।

कार्यक्रममा पत्रकारहरुले पछिल्लो समय सरकारी कार्यालयले गर्ने कार्यक्रम र गतिविधिमा सञ्चारमाध्यमहरू बेखवर बन्ने स्थिति सिर्जना भएकोतर्फ ध्यानाकर्षण गराउँदै समाचार सङ्कलन र सूचना प्रवाहका लागि जिल्लाका सबै सञ्चारमाध्यम र सञ्चारकर्मीसँग समन्वय गर्नुपर्ने धारणा राखेका थिए।

नेपाल पत्रकार महासङ्घले संस्थागत प्रतिनिधित्व गर्ने अभ्यास रहेको तर, सूचना प्रवाह एवं समाचार सङ्कलनका लागि सम्बन्धित कार्यालयले सञ्चारमाध्यम वा सञ्चारकर्मीलाई नै समन्वय गर्दा थप प्रभावकारी हुने नेपाल पत्रकार महासङ्घका अध्यक्ष सञ्जय रिजालले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?