शनिबार, अशोज २६, २०८१

सर्पको टोकाईबाट एक महिलाको मृत्यु

प्यूठान  सर्पको टोकाईबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाईबाट ज्यान गएको हो ।

मल्लरानी गाउँपालिका ३ चुँजाठाटीमा अस्थायी रुपमा बस्दै आएकी के.सी.लाई  शनिबार साझ शौचालयमा सर्पले टोकेको स्थानीय श्याम थापाले बताउनुभयो । “शौचालयमा मुसाको गुड हटाउने क्रममा टोकेको रहेछ,” उहाँले भन्नुभयो, “मुसाले टोकेको होला भनेर ख्याल गर्नुभएनछ, पछि शरिर झम्म पार्न थालेपछि मात्र उपचारका लागि पठाइएको थियो ।”

स्वर्गद्घारी नगरपालिका ९ लामाचौर स्थित शर्पदंश उपचार केन्द्रमा उपचारका लागि पुर्‍याए लगत्तै के.सी.को मृत्यु भएको थियो । शर्पदंश उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले विरामी अचेत अवस्थामा रहेको र उपचार गरेपनि सुधार नभएको बताउनुभयो । उहाँले मृत्यु भए पश्यात शवलाई जिल्ला अस्पताल प्युठान पठाएको जानकारी दिनुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?