प्यूठान । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) द्धारा लिखित कथा संग्रह ऐजरु सार्वजनिक भएको छ । मंगलवार साहित्य परिषद् प्यूठानको संयोजनमा होटल आयूष्मामा एक समारोह बीच कथा संग्रह बिमोचन भएको हो ।
पारिवारिक सम्वन्धमा केन्द्रित रहि कथा संग्रह लेखन तथा प्रकाशन भएको लेखक कुँवरको भनाई छ । “सानो–सानो कुरामा परिवारमा आउने विग्रहलाई केन्द्रित गर्दै काथाको विषय वस्तु उठान गर्न खोजिएको छ” लेखक कुँवरले भन्नुभयो, “कसैको परिवारमा स–साना कुराले ऐजेरु नहालोस भन्ने मुख्य सन्देश पुस्तकमा उजागर गर्ने प्रयास गरेको छु ।”
प्यूठान पुण्यखोला निवासी कुँवर साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आउँनु भएको छ । ‘ऐजरु’ कुवँरको पहिलो प्रकाशित कृति हो । कथा, कविता, निवन्ध लगाएत विषयमा कुँवरको राम्रो दख्खल छ । साहित्य प्रति आफनो लगनशिलता र पारिवारिक सहयोगका कारण कृति प्रकाशनमा सफल भएको कुँवरको भनाई छ ।
प्यूठान नगरपालिका प्यूठानका प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा कथा संग्रह विमोचन भएको हो । विमोचन समारोहमा नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्मा, साहित्य परिषद,विभिन्न सामाजिक व्यक्तित्व, पत्रकार लगाएतको सहभागीतामा कृतिको विमोचन गरिएको हो ।