प्रेम गायक बागलुङ मैले यो वर्ष नया सालको
शुभकामना केहिनी लेखिन।
खासै शुभकामना दिनै पर्ने पनि
त्यस्तो देख्दै देखिन।
यता नया साल आईरहॅदा
उता आफ्ना दिन गईरहने रहेछन।
शुभकामना शुभकामना भन्दा भन्दै
दारी कपाल सेत्त्रम्मे भयछन।
जति सुकै साल फेरीई रहॅदा पनि
फेरीयन हाम्रो भोख मरी।
ऐले पनि मुखमा माड् लाग्ने हैन
साॅझ बिहान पाखुरी नबजारी।
त्यसैले मैले शुभकामना
लेख्दै लेखिन।
मैले त शुभकामना दिनु पर्ने
तेस्तो देख्दै देखिन।
सम्वृद्धि बाॅड्छन देशका प्रमुख
पुगेर रारामा।
आसाको दियो पलायो सबै
नेपाली सारामा।
भाषण भन्दा मिलेन केहि
सतहत्तर सालमा।
हत्यारा र बलात्कारी
परेनन जालमा।
जत्ति आसा पलाएको थियो
त्यत्ति निरास छायो।
सतहत्तर साल नि सधै जस्तै
कान्डै कान्डमा गयो।
उड्ने देखी गुड्ने सम्म
सबै कान्डै कान्डा।
डन् देखी सुन सम्म
भय यस्तै धन्दा।
त्यसैले त मैले
शुभकामना लेखिन।
शुभकामना दिन पर्नि
देख्दै देखिन।
कोरोनाले थला पार्यो
बिश्व भरिनै।
धनि गरिव यो देश त्यो देश
छोडेन कसैलाई।
त्यसैले त मैले
शुभकामना लेख्दै लेखिन।
शुभकामना दिन पर्ने
देख्दै देखिन।
के भनेर शुभकामना दिउॅ म
निर्मलाका बालाई?
कसरी लेखौॅ शुभकामना म
यो मनमा राॅको जलाई।
निर्मलाकी आमालाई मैले
के भनेर शुभकामना लेखौॅ?
छोरी गुमाएको उनको पिडा
म के दिएर रोकौॅ?
न्याय मर्यो उनका लागी
मरे झै भयो सरकार।
यो पिडामा कलम चलाई
के लेखौॅर म भर्खर।
बिउॅतिएछ भने न्याय एकदिन
लेखौॅला म शुभकामना।
दोषिलाई कार्वाही पिडितलाई
न्याय यहि हाम्रो चाहना।
यसपटक भने शुभकामना
म लेख्दै लेखिन।
शुभकामना दिन पर्नि
म पटक्कै देख्दै देखिन।