प्यूठान । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) ले बैंक तथा वित्तीय संस्थाले लिने चर्को व्याजदर र धितो लिलामिको मुद्धालाई लिएर थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताएको छ । बैंक तथा वित्तिय संस्थाहरुले नागरिकहरुवाट चर्को व्याजदर असुल्ने र ऋण असुलीको नाममा विभिन्न समस्याहरु जनतालाई दिदै आएकोेले त्यसका विरुद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको पार्टीका लुम्वीनी प्रदेश व्यूरो सदस्य सजगले बताउनुभयो ।
प्यूठान जुम्रीमा शनिवार पत्रकार सम्मेलन आयोजना गर्दै पार्टीले वित्तिय संस्थाहरुको विरुद्धमा थालेको अभियान र कार्यक्रमहरुबारे जानकारि गराएको हो ।
व्याजदर एक अंकमा स्थिर हुनुपर्ने, कुनै पनि चल अचल सम्पत्ति लिलाम गर्न नपाईने र विगतमा भएका लिलाम खारेज गर्नु पर्ने मुख्य तिन विषयमा आन्दोलन केन्द्रित गर्ने व्यूरो सदस्य सजगले जानकारि गराउनु भयो । ‘उल्लेखीत मुद्धालाई केन्द्रित गर्दै वित्तीय संस्थाहरुलाई हामीले अनुरोधात्मक निर्देशन पठाउदै छौं’ उहाँले भन्नुभयो, ‘अवज्ञागरे कारबाही हुन्छ ।’ कार्तिक १ सम्ममा कार्यान्वयन गर्नका लागि पार्टीले वित्तीय संस्थालाई निर्देशन दिएकोछ ।