प्यूठान । बडादशैंको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिवत पुजाआरधना गरिदैंछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहेको धर्मग्रन्थमा उल्लेख छ ।
देवीको पुजाआराधनाले शक्ति प्राप्त हुने जनविश्वास रहदै आएको छ । आजका दिन चन्द्रघण्टा देवीको विशेष पुजा आराधना सहित ध्यान गर्नाले भाग्यमा चमक प्राप्त हुने धार्मीक विश्वास छ ।