प्यूठान । नेपालीहरुको महानपर्व बडादशैं आजवाट समापन हुदैंछ । असोज १७ गते घटस्थापना गरेर सुरु भएकोे वडादशैं आज कोजाग्रत पूर्णिमासंगै समापन हुन लागेको हो ।
नेपाली हिन्दु धर्मालम्वीहरुको महान पर्व बडादशैं धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पुजा आराधना सहित आजदेखि समापन हुनेछ । माता दुर्गाका तीनवटा रुपमध्येको एक रुप महालक्ष्मीको पुँजागरेर दुर्गा पक्ष अर्थात दशैंलाई बिदा गर्ने प्रचलन रहेको छ ।
आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पुँजा आराधना गर्ने गरिन्छ । पुजाँ आराधना सहित रातभर जाग्राम बस्ने प्रचलन रहदैं आएको छ ।