प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउसंगै दुई पक्षीय प्रदर्शन हुन थालेपछि पोखराका दुई स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले एक सुचना प्रकाशित गर्दै बिहान पौने १२ बजेदेखि निषेधित क्षेत्र घोषणा गरेको हो । प्रदर्शनले शान्ति सुरक्षामा निम्त्याउन सक्ने परिस्थितिलाई दृष्ट्रीगत गर्दै निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका स्थित सहिदचोक आसपासका क्षेत्र र गैह्रापाटन आसपासका क्षेत्रमा अर्को सुचना जारी नभए सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परे संगै आज राष्ट्रिय स्वतन्त्रपार्टीका समर्थकले लामिछानेको पक्षमा र सहकारी पीडितहरुले दोषीलाई कारबाहीको माग सहित छुट्टा छुट्टै प्रर्दशन गरेका छन्