जुमान सिंह के.सी.
प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । खुल्ला पुरुष भलिबल तर्फ एकीकृत बिकास संघ (युनेसिन) टिमले प्रथम स्थान हात पार्न सफल भएको छ । हरिगाँउ क्लब रोल्पा दोस्रो र बाडिगाड क्लब बाग्लुङले तेस्रो हुन सफल भएका छन् ।
जित संगै युनिससिनले ६१ हजार एकसय एघार, द्धितिय हरिगाउँ क्लव रोल्पाले ४१ हजार एकसय एघार र तेस्रो बाडिगाड क्लबले २१ हजार एकसय एघार, ११ हजार एकसय एघार नगद पुरुस्कार हात पारेका छन् । विजय टिमलाई नगदपुरस्कार संगै मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।
यस्तै खुल्ला महिला भलिबल तर्फ प्रथम बेसिवन अर्खा,द्वितीय ब्रेभ युथ रजवारा,तृतीय देउराली अर्खा र सान्तोना ठुलावेसी प्युठानले हासिल गर्न सफल भएका छन् । प्रथम,द्वितीय,तृतीय र सान्तोनालाई क्रमश २२ हजार ,१५ हजार, २१ हजार एकसय एघार, १० हजार, ५ हजार ५ सय नगद पुरस्कार ,मेडल र प्रमाणपत्रद्धारा सम्मान गरिएको छ ।
खुल्ला गौमुखी प्रथम आइडल डान्समा झिमरुक गाउँपालिकाको प्रतिमा पुनको टिम प्रथम, गौमुखी गाउँपालिका ठुलाबेसीका उषा न्यौपानेको टिम द्वितीय, गौमुखी नारिकोटका बिमला घर्ती तृतीय र सान्तोनामा सबिना जिसी बिजय भएका हुन । बिजेता हुनेले प्रथम,द्वितीय,तृतीय र सान्तोनालाई क्रमश ११ हजार ,७ हजार ७ सय, ४ हजार ४ सय , २ हजार २ सय नगद पुरस्कार प्रदान गरिएको छ ।
समापन कार्यक्रममा गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानामगर, प्युठान उधोग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बिजेता टिम र सहयोग दाताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रममा मुख्य प्रायोजकको रुलमा रहेको गौमुखी गाउँपालिकालाई सम्मान गरिएको संस्थाले जनाएको छ । समापन कार्यक्रममा संस्थाका अध्यक्ष केशव बहादुर केसीले सहयोग पुर्याउने सबैलाई धन्यवाद प्रकट गर्नुभयो । आगामी वर्षमा पनि यस खालका कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो । ठुलाबेसी सामुदायिक बिकास मञ्चको आयोजनामा कार्तिक ९ देखि १२ गते सम्म संचालन भएको कार्यक्रममा खुल्ला पुरुष,महिला भलिबल प्रतियोगिता, खुल्ला गौमुखी प्रथम आइडल डान्स र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।