शुक्रबार, मंसिर २१, २०८१

गौमुखी ५ न.वडाले विभिन्न मागराखि मन्त्रीलाई पत्र

प्युठान । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालर कृषि,भुमि तथा सहकारी मन्त्री दिनेश पन्थीलाई मागपत्र पेश गरिएको छ।

गौमुखी गाउँपालिका ५ न. वडाका अध्यक्ष बरुनध्वज मल्लले आफ्नो वडाभित्र रहेका मुख्य समस्याहरु समाधानका लागि योजना तथा बजेट ब्याबस्थापन गर्नका लागी माग पत्र पेश गरेको बताउनुभयो।

खुङमा धेरै चट्याङ पर्दा धेरै जनधनको क्षती हुने गरेकोले त्यस्को समाधान गर्नुपर्ने, फलफूल खेती बिस्तार योजना, गाउँको बाटो स्तरउन्नति र ठुलाबेसीमा संकलन केन्द्र निर्माणका लागि बजेट माग गरिएको मल्लले बताउनुभयो।

मागपत्र बुझ्दै भौतिक पुर्वाधार बिकास मन्त्री ढकालले आगामी योजनामा माग सम्बोधन गर्न पहल गरिने आश्वासन दिनुभएको छ।

गौमुखीको र गुल्मी मदाने अग्लुङ फेदीको पक्कीपुलको शिलन्यास गर्न पुगेका मन्त्रीलाई ग्रामीण भेगको समस्या समाधान गर्न आग्रह गरिएको हो।

ठुलाबेसीमा भएको भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य ज्ञानुमाया केसी, एमाले गौमुखी पार्टी अध्यक्ष जुमान सिंह जिसी लगातको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?