काठमाण्डौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक विदा दिने निर्णया गरेका छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को वैठकले आज शोक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एंव सुचना तथा संचार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले जानकारि दिनुभयो ।
ढुंगानाको निधनमा सवै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सञ्चारमन्त्री गुरुङ्गले बताउनु भयो । सरकारले ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ । पूर्वसभामुख ढुंगानाको आजै अन्त्येष्टि गरिँदैछ । राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चारमन्त्री गुरूङले जानकारी दिनुभयो ।
२०४८ सालको प्रतिनिधि सभाको सभामुख रहनु भएका ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।