-
ठुलाबेसी राष्ट्रिय जनमोर्चा गौमुखी ५ खुङ प्युठानको भेला मोठमा सम्पन्न भएको छ। गाउँसमितिका अध्यक्ष कर्ण बहादुर कुवरको अध्यक्षतामा कार्यक्रम भएको थियोे।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार बासुदेब पोख्रेलले प्रशिक्षणत्मक मन्तव्य राख्दै सच्चा राजनैतिक पार्टीको सत्ता बिना जनताले सुख पाउन नसक्ने भन्दै जनताको एक क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चा रहेकोले यसैमा गोलबन्द हुन आग्रह गर्नुभएको थियोे ।
अहिलेको ब्यबस्था भनेको पुजीवादी ब्यबस्था हो धनी धेरै धनी बन्ने र गरिब झन गरिब बन्ने अवस्था भएकोले अझै परिवर्तनको आवस्यकता रहेको बताउनुभयो।
काङ्ग्रेस, एमाले जनतामा झुठो आश्वासन बाढ्दै हिन्ने गरेकोले सचेत हुनपर्ने उल्लेख गर्नुभएको थियोे ।
भेलामा राष्ट्रिय जनमोर्चा प्युठानका सदस्य भरत केसीले संगठनात्मक कार्य र आगामी योजनाको बारेमा जानकारी गराउनु भएको थियोे, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य जुमान सिंह केसीले भेलाको शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
भेलाले खुङ गाउँबस्तीमा एहि मंसिर १० गते देखि १९ गतेसम्ममा १८ वटा टोलसमिति गठन गर्ने निर्णय गरेको छ। टोलबस्तीमा समिति निर्माणको लागी नेताकार्यकर्तालाई जिम्मेवारी समेत दिएको गाउँसमिति अध्यक्ष कर्ण बहादुर कुवरले बताउनुभयो।
कार्यक्रमको संचालन पार्टीका युवा नेता बरुणध्वज मल्लले गर्नु भएको थियो।