शुक्रबार, मंसिर २१, २०८१

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान

प्यूठान । जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा जिल्ला स्थित विभिन्न ससोकारवाला पक्षको सहभागीतामा कार्यक्रम गरिएको हो ।

जिल्लामा आत्महत्याका घटनाहरु बढ्दै आएकोले यसको रोकथाम र न्यूनिकणका लागि अन्तरक्रिया कार्यक्रम छलफल भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताउनु भयो । ‘सवै स्थानीय तहबाट सचेतनामुलक अभियानहरु संचालन गर्न जोड दिने निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, ‘समुदाय तह तथा विद्यालय र क्याम्पस स्तरमा समेत अभियान संचालन गर्ने गरि छलफल भएको छ ।’ आत्महत्या न्यूनिकरणका लागि आवश्यक हेल्पडेक्स तथा मनोबिमर्श कर्ताको व्यवस्थापनका लागि समेत आवश्यक पहल लिने निर्णय भएको उहाँले बताउनु भयो ।

 

 

छलफलमा सवै निकायबाट हुने चेतनामुलक कार्यक्रममा आत्महत्या न्यूनिकरणका विषयवस्तु जोडेर लैजाने, आत्महत्या संग सम्वन्धीत विभिन्न कुलतहरुवाट किशोर किशोरीलाई टाढा राख्न धुम्रपान तथा मदिरा विक्रिवितरणलाई कडाई गर्ने निर्णय भएको उहाँको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभासद निमा गिरीले प्रदेश सरकारले मनोपरामर्श रणनीति तयार गरिरहेको र त्यसमा जल्दाबल्दा सवाल समेटन पहलगर्ने बताउनुभयो । जिल्ला समन्वय समिति प्युठानको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख, उपप्रमुख, स्थानीयतहका प्रमुख, सरकारी कार्यालय, राजनैनिक पार्टीप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेकोे थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानले जिल्लामा आत्महत्याको अवस्था सम्वन्धी प्रस्तुतीकरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?