प्यूठान । नेकपा (एमाले) प्यूठान पालिका कमिटीहरुको अधिवेशनमा जुटेको छ । मंसिर ८ गते देखि १५ गते सम्म पालिका अधिवेश सम्पन्न गर्ने गरि मिति तय भएको नेकपा (एमाले) प्यूठानले जनाएको छ।
मंसिर ८ गते झिमरुक गाउँपालिका, मंसिर १० गते सरुमारानी गाउँपालिका, मंसिर ११ गते मल्लरानी गाउँपालिकामा अधिवेशनको मिति तय भएको नेकपा (एमाले) प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो । यस्तै मंसिर १२ गते माण्डवी गाउँपालिका, मंसिर १३ गते गौमुखी गाउँपालिका, मंसिर १४ गते नौबहिनी गाउँपालिका र मंसिर १५ गते स्वर्गद्वारी नगरपालिकाको अधिवेशनको मिति तय भएको उहाँले बताउनुभयो ।
प्यूठान नगरपालिकाको यसअघि नै अधिवेशन सम्पन्न भएको र ऐरावती गाउँपालिकाको अझै मिति तय नभएको प्रमुख आचार्यले जानकारि दिनुभयो । अधिवेशनको सन्दर्भमा शुक्रवार विभागको वैठकबसी अधिवेशन प्रचारप्रसारलाई तिव्रता दिने निर्णय गरेकाे छ ।