प्युठान घरेलु तथा साना उधोग कार्यालय प्युठानको आयोजनामा दशौ राष्ट्रिय उधोग दिवस खलंगामा मनाइएको छ।
महेन्द्र माध्यमिक बिधालय खलंगाबाट र्याली सहित जिल्ला समन्वय समितिको सभाहलमा पुगी एक कार्यक्रम गरि दिवस मनाइएको हो।
दिवस कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रमा आचार्य लगाएतले शुभकामना मन्त्ब्य राख्दै युवाहरुलाई उधमशिलताको माध्यमबाट रोजगार तथा स्वरोजगारमा जोडेर आत्मनिर्भर गराउनको लागि सबै निकायले ध्यान दिनुपर्ने बताउनु भएको थियो।
कार्यक्रममा विभिन्न बिधामा तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको घरेलु तथा साना उधोग कार्यालय प्युठानका प्रमुख मनि बहादुर गुरुङले बताउनुभयो।
कार्यक्रमको अवसरमा कार्यालयले गरेको प्रगति प्रतिबेदन र ०८१/०८२ मा स्वीकृत भएका संचालन गरिने कार्यक्रमको बारेमा सबैलाई जानकारी गराउनु भएको थियो।
कार्यक्रममा जिल्ला स्थित सरकारी निकायका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, उहमी तथा पत्रकार लगाएतको सहभागीता रहेको कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख मनि बहादुर गुरुङले गर्नुभएको थियो भने संचालन उधोग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले गर्नुभएको थियो।