आइतवार, बैशाख ७, २०८२

लुम्बिनी प्रदेश नागरिक संस्थाका अगुवा लमहीमा

लमहि । नागरिक संघ संस्थाका चुनाैती र नागरिक स्वतन्त्रता सम्बन्धी नीति सम्वाद कार्यक्रम दाङकाे लमहिमा शुरु भयकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका नागरिक संस्थाका अगुवाकाे सहभागितामामा छलफल कार्यक्रम अघि बढेकाे हाे ।

गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश समितिकाे आयाेजनामा कार्यक्रम संचालन भयकाे हाे । सामाजिक परिवर्तनमा नागरिक संस्थाकाे भुमिका, नागरिक समाज प्रतिकाे राज्यकाे दृष्ट्रिकाेण, नीतिगत समस्या र चुनाैतिका बियमा कार्यक्रममा छलफल गरिने प्रदेश समिति अध्यक्ष जित कुमारि बेलबासेले बताउनुभयाे । कार्यक्रममा उठेका सबाल र नीतिगत व्यवधानका सन्दर्भमा सुधारका लागि लुम्बिनी प्रदेश सरकारकाे ध्यानाकर्षण गर्ने उहाकाे भनाई छ।

कार्यक्रममा गैर सरकारि संस्था महासंघ केन्द्रीय समितिकाे टिम समेत सहभागी रहेकाे छ ।

प्रदेश समितिकाे आयाेजनामा आजै प्रदेश स्तरिय नागरिक सम्मेलन आयाेजना गरियकाे छ । सम्मेलनकाे लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?