
बुटवल : अखिल नेपाल किसान महासंघ (अप्फा)को चौथो राष्ट्रिय भेला बुटवलमा समपन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथी रास्टिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले किसानहरु आफ्नो अधिकार पराप्तिको लागि सबै किसानहरू एकजुट भएर लाग्नु पर्ने बताउनु भयाे ।
आफ्नो अधिकार प्राप्त गर्नका लागि किसान बर्ग मिलेर आन्दोलन गर्नुपर्ने समेत उनले बताए । सरकारले किसानहरुको समस्या नसुनेकोले किसानहरु पलायन हुनु पर्ने अबस्था आएको उहाँकाे भनाइ थियाे । किसानहरुका समस्या समाधान गर्नु पर्नेमा राज्य चनाखो भएर लाग्नु पर्ने, प्रदेशमा हुने फजुल खर्चलाई कटौती गर्नकालागी प्रदेश खारेज गरेर किसानहरुलाइ राहात दिनुपर्ने बताउदै राजमोको आयोजनामा हुने काठमाडौं केन्द्रित संघीयता बिरोधी आन्दोलनमा सबैलाई सहभागि हुन नेपालीले आग्रह गर्नुभयाे ।
कम्युनिस्ट सङ्राहालयका अध्यक्ष चेतनाथ आचार्यले किसानहरुले देसमा प्रभाबकारी ढङ्गले काम गर्नुपर्ने सङठनलाई आम किसानहरुको बिचमा लैजानु पर्ने बताउनु भयाे । अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुन्डिराज शर्माले आर्थिक तथा राजनैतिक रुपमा देशको अबस्था नाजुक बन्दै गएको बताउनु भयाे । उहाँले किसान बर्गको बाहुल्यता भएता पनि उनिहरुकाे अबस्था सबैभन्दा कम्जोर रहेकोले यस तर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटाले राजनैतीक अधिकार प्राप्तीका लागी किसानहरु एकजुट भएर लाग्नु पर्ने बताउनुभयाे । यस्तै प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य संकर पोखरेलले किसान हरुले राज्यलाई दबाबदिने खालका कार्यक्रम ल्याउनु पर्नेमा जाेड दिनुभयाे । रक्तिम सास्कृतिक अभियानकी केन्द्रिय सदस्य छितिजा राहाडिले आफ्नो अधिकार प्राप्त गर्नकालागी सबैजना एकजुट भएर लाग्नु पर्ने बताउँनुभयाे । कार्यक्रममा तराइ मधेस जनबादी मोर्चाका केन्द्रिय अध्यक्ष बद्रे आलम,अखिल नेपाल जनजाती संघ का केन्द्रीय सदस्य हरि बहादुर राहाडी, अखिल नेपाल महिला संघ कि केन्द्रिय महासचिब सकुन्तला राना, अखिल छैठौं का केन्द्रिय सदस्य माधव विश्वकर्मा र अखिल नेपाल ट्रेड युनियन अन्टुकका केन्द्रिय उपाध्यक्ष तुल्सी पौडेलले ले सङ्गठन मजबुद बनाएर लाग्नु पर्ने भनाइ राख्नु भएकाे थियाे ।
अखिल नेपाल किसान महासंघ ( अप्फा ) का केन्द्रिय अध्यक्ष भैरव रेग्मिको अध्यक्षता, उपाध्यक्ष शिव पौडेको स्वागत र महासचिव तुल्सी सापकोटाको सन्चालनमा कार्यक्रम समपन्न भएको थियो ।