बुधबार, फाल्गुन ६, २०८२

मल्लरानीमा बाख्रापालन तालिम: व्यावसायिक बन्नुस: अध्यक्ष खड्का

प्युठान मल्लरानी गाउँपालिका ५ नम्बर वडा जोर पोखरीमा तीन दिने बाख्रापालन तालिम सप्पन्न भएको छ।

मल्लरानी गाउँपालिकाको वार्शिक कार्यक्रम अन्तरगत किसानलाई व्यावसायिक रुपमा अगाडी बढाउने उदेश्यले तालिम संचालन गरिएको पशुशाखा प्रमुख बाबुराम न्यौपानेले बताउनु भएको छ। उहाँले निर्वाह मुखी कृषि तथा पशुपालनलाई ब्यबस्थित गराई आर्थिक रुपमा र स्थानीय समुदायलाई आत्मनिर्भर बन्नको लागि मदत पुग्ने बताउनुभयो।

समापन कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले कृषि र पशुपालनमा किसानलाई आमूल परिवर्तन गर्न जरुरी रहेको र सुरुवातमा कम्तीमा आत्मनिर्भर गर्ने योजना रहेको बताउनुभयो ।

किसानले उत्पादन गरेको बस्तु बिक्रीमा आधारित रहेर गाउँपालिकाले नगद अनुदान दिने गरेकोले त्यसबाट फाइदालिन सबै किसानलाई आग्रह गर्दै उहाले भन्नुभयाे, ‘निर्वाहमुखी मात्र होइन । व्यावसायिक बन्नुहाेस, बजारीकरण र अन्य आवस्यक सहयोग गर्न गाउँपालिका तयार छ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइका प्रमुख चुमान सिंह गिरीले किसानको समस्यलाई सहजीकरण गर्न तयार रहेको बताउनुभयो। परियाेजनाले गाउँपालिकासंग सहकार्य गरेर सिचाइ पोखरीमा सहयोग गरेकाे छ ।

किसानलाई प्राविधिक सहयोग ,उत्पादन र उधोगमा जोड्न सकेमा प्रभावकारी हुने गिरिकाे भनाई छ । टनेल लगाएतका किसानका आवस्यकतालाई पहिचान गरी सहयोग गर्न कार्तयलय यार रहेको उहाले बताउनुभयो।

तालिममा मल्लरानी गाउँपालिकाका वडा न. ३ र ५ का २९ जना किसानको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

तालिममा सहभागीले विभिन्न तालिम र प्राविधिक सहयोग भएको छ अझै ब्यबस्थापन राम्रो गर्नको लागि थप सहयोग आवस्यक रहेको बताएका थिए।

तीन दिनसम्म चलेको तालीमको सहजीकरण पशुसेवा शाखा प्रमुख बाबुराम न्यौपाने, शाखाका बशुदेव श्रेष्ठ,अर्जुन श्रेष्ठले गर्नु भएको थियो।
समापन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गोपाल बहादुर थापाले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal