
प्यूठान जिल्लामा मृगौला फेल भएका बिरामीको उपचारका लागि डायलासिस मेसिन खरिद गर्न प्यूठान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । मेसिन खरीद गर्न संघले एक लाख रुपियाँ सहयोग गरेको हो ।
शनिवार स्वर्गद्वारीमा बसेको लायन्स क्लब अफ ३२५ N को तेस्रो क्याबिनेट बैठककाे अवसरमा संघका अध्यक्ष पशुपति नारायण नकर्मीले चेक हस्तान्तरण गर्नुभएको हो ।
प्यूठान अस्पतालबाट सेवा प्रवाह गर्ने गरि डायलिसिस मेसिन खरीदकाे लागि लायन्स क्लब अफ प्यूठानले प्रक्रिया अघि बढाएको छ । डायलासिस परियोजना अन्तर्गत लायन्स क्लब ईन्टरनेसनलले एक करोड ३० लाख २७ हजार पाँच सय ४७ रुपैया उपलब्ध गराएको छ ।
परियोजना अन्तर्गत ७५ प्रतिशत लागत रकम लायन्सले उपलब्ध गराएको लायन्स क्लब प्यूठानका प्रथम उपाध्यक्ष नबिन कुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकारले ब्यहोर्ने २५ प्रतिशत रकम उठ्न बाकी छ ।