
प्युठान मल्लरानी गाउँपालिकाको आयोजनामा १ र २ नम्बर वडाको पाएक पर्नेगरि २ न. वडाको चुजामा एकदिने पशुसेवा स्वास्थ्य शिविर सप्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले सम्बोधन गर्दै कृषि र पशुपालनको क्षेत्रमा पालिकालाई आत्मनिर्भर बनाउनकालागि विशेष ध्यानदिएको बताउनुभयो।
खड्काले भन्नभयो ” गाउँबस्तीमा किसानहरुको माग र आवस्यकता अनुसार बिकास गर्दै जानेछौ”। तपाईहरु पशुपालनलाई ब्याबसायीक तरिकाबाट अगाडी बढ्नुस हामी सहयोग गर्छौ”।
कार्यक्रमको अवसरमा स्थानीय बासिले अध्यक्ष खड्कालाई चुजा गाउँको केही भागबाटो धेरै अप्ठ्यारो भएको र यातायात साधन चल्न समस्या भएको मागको बिषयलाई सम्बोधन गर्दै खड्काले बाटो निर्माणकार्यलाई तत्काल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले गाउँमा खानेपानी लगाएतका समस्या समाधान गर्न क्रमश गाउँपालिका लागीपरेको बताउनुभयो।
मल्लरानी गाउँपालिकाको आ.व. ०८१/०८२को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत दुई स्थानमा शिविर संचालन गरिएको गाउँपालिकाका पशुशाखा प्रमुख चिकित्सक बाबुराम न्यौपानेले बताउनुभयो।
उहाँले भन्नुभयो हामीले एस आवमा अलि दुर्गम ठाउँ ५ नम्बर वडा खैरा र चुजामा गरिएको बताउनुभयो।
स्थानीय सरकार गठन भएदेखि पहिलो पटक यो ठाउँमा पशुसेवा शिविर संचालन भएको छ तरपनि हामी खुसी छौँ स्थानीय बल बहादुर खत्रीले बताउनुभयो।
शिविरमा आन्तरिक तथा बाह्य परजीवीका औसधिहरु, पशु बन्ध्याकरण सेवा र सूक्ष्म जीवाणु र बिषाणुबाट लाग्ने रोगको औसधि उपचार गरिएको पशुसेवा शाखाले बताएको छ।