बुधबार, फाल्गुन ६, २०८२

गौमुखीमा राजमोको सैद्धान्तिक तथा राजनैतिक प्रशिक्षण

प्युठान । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका समितिको आयोजनामा दुईदिने सैद्धान्तिक तथा राजनैतिक प्रशिक्षण ठुलाबेसीमा सम्पन्न भएको छ।

शुक्रबार देखि सुरु भएको प्रशिक्षण कार्यक्रममा गौमुखी गाउँपालिकाका सबै वडाका सक्रिय कार्यकर्ताहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पालिका समितिका कार्यबाहक अध्यक्ष वीर बहादुर केसीले बताउनुभयो।

राजनैतिक तथा सैद्धान्तिक प्रशिक्षणमा दर्शन शास्त्र (विश्व दृष्टिकोण),देशको समसामयिक राजनीति अवस्था,नौलो जनवाद, समाजवादी र साम्यवादी क्रान्ति, मानव समाजको विकास क्रम, संगठन निर्माण र अनुशासन लगाएत बिषयमा प्रशिक्षण गरिएको राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो ।

ठुलाबेसीमा दुईदिन सम्म संचालन भएको प्रशिक्षण कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रशिक्षण बिभागका सदस्य दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले प्रशिक्षण गर्नुभएको राष्ट्रिय जनमोर्चाका नेता भरत बहादुर केसीले जानकारी दिनुभयो ।

 

पार्टी संगठनलाई चुस्तदुस्त राख्न, पार्टीका सक्रिय कर्याकर्ताको क्षेमता बिकास गर्न र संगठनलाई चलायमान र गतिशील बनाउन प्रशिक्षणले महत्त्वपूर्ण भुमिका खेलेको र कार्यक्रमले कार्यकर्तामा उत्साह थपेको राष्ट्रिय जनमोर्चा गाउँपालिका सचीव कृष्ण प्रसाद जैसीले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा ७१ जनाको सहभागीता रहेको राष्ट्रिय जनमोर्चा गौमुखीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal