बुधबार, फाल्गुन ६, २०८२

कृषि र पशुपालन क्षेत्रमा लगानी बढाएका छौँ : अध्यक्ष खड्का

प्युठान । मल्लरानी गाउँपालिकाको आयोजनामा खलंगामा कृषकलाई आधुनिक खेती प्रबिधि सम्बन्धि ३ दिने तालिम सप्पन्न भएको छ।

मल्लरानी गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत किसानलाई व्यावसायिक रुपमा अगाडी बढाउने उदेश्यले तालिम संचालन गरिएको कृषि शाखाका प्रमुख मोती आचार्यले बताउनु भएको छ। उहाँले निर्वाह मुखी कृषि खेती प्रणालीलाई ब्यबस्थित गराई आर्थिक रुपमा र स्थानीय समुदायलाई आत्मनिर्भर बन्नको लागि मदत पुग्ने बताउनुभयो।

समापन कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले ” कृषि र पशुपालन क्षेत्रमा गाउँपालिकाबाट लगानी बढाएका छौँ ” कृषि पेशामा आबद्ध किसानलाई प्रबिधिमैत्री खेती प्रणाली अबलम्बन गरी आमूल परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो किसानले उत्पादन गरेको बस्तु संकलन केन्द्र मार्फत बिक्रीमा आधारित रहेर गाउँपालिकाले नगद अनुदान दिने गरेकोले त्यसबाट फाइदालिन सबै किसानलाई आग्रह गर्नु भएको छ।

अध्यक्ष खड्काले निर्वाहमुखी मात्र होइन व्यावसायिक बन्नुस बजारीकरण र अन्य आवस्यक सहयोगगर्न गाउँपालिका तयार छ”।

मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले किसानलाई व्यावसायिक खेती संचालन गरि आर्थिक रुपमा सबल बन्न आग्रह गर्नुभएको थियोे । किसानको माग र आवस्यकताका आधारमा सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो।

तालिममा मल्लरानी गाउँपालिकाकाका कृषि संकलन केन्द्रमा उत्पादन गरेका बस्तु बिक्रीवितरण गर्ने किसानहरुलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ।
मल्लरानी गाउँपालिका भित्रका विभिन्न वडाका २० जना किसानहरु तालिममा सहभागी भएका थिए ।

तालिममा मौसमी तथा बेमौसमी तरकारी खेती, तरकारी खेतीका आधुनिक प्रबिधि,रासायनिक बिषाधिको सुरक्षित प्रयोग दीर्घकालीन असरहरु, प्रारङिक खेती तथा दिगो कृषि लगाएत बिषयमा छलफल भएको हो।

तीन दिनसम्म चलेको तालीमको सहजीकरण प्रधानमन्त्री कृषि आधुनिककारण परियोजना इकाई प्युठानका प्रमुख चुमान सिंह गिरी, गाउँपालिका कृषि शाखाका मोति आचार्य, बिपिन आचार्य, अशोक शर्मा र निम बहादुर केसीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal