बिहिबार, बैशाख ११, २०८२

बिश्व उपभोक्ता अधिकार दिवस खलंगामा सम्पन्न

प्युठान “स्व्च्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो अधार” भन्ने नाराका साथ बिश्व उपभोक्ता अधिकार दिवस खलंगा प्युठानमा मनाइएको छ।

नेपाल घरेलु तथा साना उधोग महासंघ प्युठानको आयोजना प्युठान उधोग बाणिज्य संघको समन्वय र घरेलु तथा साना उधोग कार्यालय प्युठानको आर्थिक सहयोगमा दिवस मनाइएको हो।

दिवस कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्माले उत्पादनलाई जोड दिन उधमीहरुलाई आग्रह गर्नुभएको थियो। उहाँले प्रदेशमा निति कानुनहरु बनेका छ्न त्यसै अनुसारका कार्यक्रमहरु अगाडी ल्याउन पहल गर्ने बताउनुभयो।
जिल्लालाई चिनाउने र आवस्यकपर्ने बस्तु उत्पादन गरि स्वाबल्म्बन बान्न आग्रह गर्नुभयो।

बिशेष अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले अधिकार र कर्तब्य संगै बुझ्नुपर्ने बताउनुभयो। उहाँले उपभोक्ताहरु सचेत नभए सम्म समस्या रहिरहने भन्दै
संघ र प्रदेशका कानुन नबन्दा समस्या भएको बताउनुभयो।
उहाँले उधमीहरुको प्रबर्द्धन बिकास, आवस्यक प्राविधि, तालिम र उधमी निर्माणकालागि गाउँपलिका सहयोग गर्न तयार रहेको बताउनुभयो।

घरेलु तथा साना उधोग कार्यालयका निमित्त प्रमुख मनि बहादुर गुरुङले बिश्व उपभोक्ता अधिकार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
उपभोक्ता संरक्षण ऐन २०७५ रहेको छ उपभोक्ता हरुलाई गुणस्तरीय बस्तुको उत्पादन तथा बिक्रीवितरण गर्ने, बस्तु वा उत्पादनका कारण मानवको क्षेतीहुन गएमा क्षेतीपुर्ती उपलब्ध गराउन पर्ने, हानी नोक्सानीका काम गर्न नहुने, राज्यले तोकिएका नियम पालना गर्ने, मुल्य सुची टासिंएको हुनुपर्ने, अखाद्य र कमशल बस्तु बिक्रीवितरण गरेमा कानुनी कारबाही हुने ब्यबस्था रहेको छ।
निति नियम कानुन रहेको भएपनि ब्यबहारिक रुपमा कार्यान्वयन हुन नस्क्दा समस्या हुनेगरेको बोल्ने वक्ताहरुको जोड रहेको छ।

जिल्लाम उत्कृष्ट १० जना उधमीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न कार्यालयका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार र उधमीहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रमको अध्यक्षता घरेलु महासंघ प्युठानका अध्यक्ष नवीन श्रेष्ठले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?