सोमवार, बैशाख २९, २०८२

महिलाहरुका लागि एकमहिने ब्युटीपालर तालिम संचालन

 

घोराही  समाज कल्याण केन्द्र नेपाल दाङको आयोजना तथा घोराही उपमहानगरपालिका १६ न. वडा कार्यालयको आर्थिक सहयोगमा एकमहिने ब्यूटिपार्लर सम्बन्धि तालिम संचालन भएको छ।

मंगलवार देखी सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १६ नं वडाका अध्यक्ष तारा बहादुर डि.सि. ले वडाको०८१/०८२ को वार्शिक कार्यक्रम अन्तरगत महिलाहरुको लागि सीप बिकास तालिम शिर्षक रहेकोेले सोही अनुसार तालिम प्रदान गरिएको बताउनुभयो।

वडाका बिभिन्न टोलका महिलाहरुलाई छनौट गरि ४० जनालाई तालिम संचालन गरिएको संस्थाका अध्यक्ष निर्मला गौतमले बताउनुभयो। उहाँले महिलाहरु तालिमपछि ब्याबसायीक बन्न र आयआर्जन गर्नमा टेवा पुग्ने बताउनुभयो।

खाली समयको सदुपयोग संगै आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। महिलाहरु घरको चुलोचौको मात्र होइन सीप सिकेर आयआर्जन गरि आत्मनिर्भर बन्नु सक्ने बिश्वास रहेको बताउनुभयो।

पहिलो दिनको उद्घाटन कार्यक्रमम संस्थाका अध्यक्ष निर्मला गौतमको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य पार्वता योगीले गर्नुभएको हो।

संस्थाले विभिन्न निकयको सहकार्यमा लागू औषध दुव्र्यसन सम्बन्धि समुदाय तथा बिधालयतहमा अभियान संचालन, महिला शसक्तीकरण, बालबालिका तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको संस्थाका अध्यक्ष निर्मला गौतमले बताउनुभयो।

एक महिने तालिम घोराही सर्‍रामा चल्दै छ। तालिमको प्रशिक्षक खिमा अधिकारी रहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?