सोमवार, बैशाख २९, २०८२

स्वर्गीय बुबाको सम्झनामा अपाङ्गता बालबालिकालाई खाद्यान्न वितरण

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा रहेको निर्मल नवज्योति सुस्त:मनस्थिती विद्यालयमा अध्ययरत विद्यार्थीको लागि शुक्रवार खाद्यान्न सामाग्री बितरण गरिएको छ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ जोगिमारा निवासी स्वर्गीय जनक बहादुर भुसाल र काशी देवि भुसालको छैटौं स्मृतिमा छोरा भेषराज भुसाल ,हेमराज भुसाल ,भोजराज भुसालले बिधालयमा बसोबास गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकाकालागी खाद्यान्न वितरण गरिएको हो।

बिधालयमा आवसिय रुपमा बस्दै आएका २४ जना बालबालिकाहरुका लागि दैनिक प्रयोगहुने चामल, नुन तेल, चिउरा, दाल लगाएतका खाद्यान्न सामग्री उपलब्ध गराइएको छोरा भेषराज भुसालले बताउनुभयो।
करिब ४० हजार बराबरको सहयोग प्राप्त भएको बिधालयका प्रधानाध्यापक कमला भुसालले जानकारी दिनुभयो उहाँले सहयोग गर्नेदातालाई धन्यवाद प्रकट गर्नुभएको थियोे ।

सामग्री वितरण कार्यक्रममा सन्धिखर्क नगरपालिक प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वास्तवमा मानव कल्याणकारी कार्य सबभन्दा ठुलो पुन्यको काम भएको भन्दै भुसाल परिवारलाई सहयो गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो उहाँले सबैको सहयोगले मात्र समाजमा पछि परेका वर्गको हित हुने भन्दै नगरपालिका सधै साथमा रहेको उल्लेख गर्नुभएको थियोे ।

वितरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमान सिंह केसीले अपाङ्गता भएका बालबालिकाको अझै पनि शिक्षामा पहुँच पुग्न नसकेको, घर परिवार तथा सम्बन्धित पक्षको ध्यान पुग्न नसकेको भन्दै सबैको सकारात्मक सहयोग हौसला आवस्यक रहेको बताउनुभयो।

विद्यालयका प्रधानध्यपक कमला भुसालले २२ वर्ष देखि बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्याउन र ऊनीहरुको ब्यबहारिक जीवन सफल बनाउनको लागि आफू लागी परेको भएपनि गुणस्तरीय सेवादिन कठीन भएको बताउनुभयो।

उहाँले करिब एक करोडको घर निर्माणकार्य सम्पन्न भएको तर आवस्यक फर्निचर, कार्पेट, डेस्कबेन्च नभएको र बिधालयमा आर्थिक स्रोतको अभाव भएकोले नयाँ घरमा सार्न नसकिएको गुनासो गर्नु भएको थियो। साथै सामाजिक कार्यमा हातेमालो गर्न सबैमा आग्रह समेत गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?