
जुना चालिसे-चंडिगढ मेरो छिमेकी जिउदो देउता बन्नु भयो, आज एक्लो पनको आभास हुदा, मेरो छिमेकीले हजुरको म छु भन्नु भयो। मन्दीरमा पुज्ने कुनै मुर्ती हैन, मेरो लागी जीउदो देउता बन्नु भयो। मैले सोचेको थीए, पैसा सबै हो भनेर,
पैसाले सबै किन्छु भनेर, तर पैसाले केही गर्न नसक्ने भयो, त्यो बेला मेरो छिमेकी जिउदो देउता बन्नु भयो।
तातो पानी पनि पिउन नसक्ने अवश्थामा, मेरो छिमेकी घर मै आउनु भयो, हिडडुल गर्न नसक्ने अवश्थामा, एक्लो बनेर जोरोले तडपीएको अवश्थामा। म रोएको सुनेर, बाहीर गेटमा बासको बेरीकेट देखेर, न आत्तीनुस म छु भन्नु भयो । आज सांच्चै मेरो छिमेकी मेरो आमा पो बन्नु भयो।
जताततै एस्तै एस्तै अवश्था छ, ख्याल गरौ साबधान हौ भन्नुभयो, मेरो छिमेकीले मास्क र सेनेटाईजर ल्याई दिनु भयो ।
त्यसैले मेरो लागी मेरो छिमेकी मेरो डाक्टर बन्नु भयो, बिपदमा मेरो अभिभावक पनि बन्नुभयो। प्रबासी गल्ली मा एक्लै छु भनेको थीए, तर हामी सबै साथमा छौ भन्नु भयो। मेरो छीमेकी त आज परीबार जस्तै बन्नु भयो,
अर्ती दिदै वहाले दृढतापूर्वक भन्नुभयो, कमजोर नहुनु आत्मबल बढाउनु पर्छ, क्याल्सीयम भीटामीन ल्याएको छु खानुपर्छ, प्रदेशमा छिमेकी मेरो देवदुत बन्नुभयो, मेरो छिमेकी जिउदो देउता बन्नु भयो।
आटा चामल तरकारी के ल्याउ भन्दै फोन गर्नु हुन्थ्यो, दिनहु फोन गर्दै मेरो स्वास्थ्य बारे सोध्नु हुन्थ्यो। घरको गेटमै आएर औषधी, ज्ञान र आत्मबलका कुरा गर्नुभयो, मेरो छिमेकी आज मेरो आमा नै बन्नु भयो, मेरो छिमेकी जिउदो देउता बन्नु भयो,
बिपदमा सबैलाई माया गर्ने छिमेकी मीलोस, कसैलाइ एक्लै हुन नपरोस। हाँसो र खुसी सबैलाइ मीलोस , एक्लो भयर कहील्लै कसैलाई रुन नपरोस। विपदमा छिमेकी नै आफ्नो बन्नु भयो, मेरो छिमेकी जिउदो देउता बन्नु भयो।