सिर्जना जिसि
एक्काइसौं सताब्दिमा पनि विभिन्न शोषण दमन संगै बाच्नु परेको छ नारिहरु । कस्तो समाजमा बाचिरहेका छौं , अझै पनि हामी विभिन्न युग परिवर्तन भए तर हाम्रो समाजमा चेतना वा सोचमा परिवर्तन आउन सकेको छैन।
अझै पनि नारीहरु हाम्रो समाजमा विभिन्न शोषणहरु झेल्नु परेको छ । चाहे त्यो सिक्षित बर्ग होस वा अशिक्षित ,चाहे त्यो गाउँ होस या सहर यो सोषणबाट मुक्त हुन सकेका छैनन नारिहरु ।
लोकतान्त्रिक ब्यबस्था आएपनी समाजले नारिलाइ हेर्ने दृस्ठिकोण फरक छ लोकतान्त्रिक ब्यबस्था ल्याउन नारिहरुले संघर्ष पुरुष बराबर नै गरेका थिए,तर यो ब्यबस्थामा नारी अधिकार बारे कानुन बनेपनी ब्यबहारिक तवरले कुनै पनि नारिको आफ्नो वंशनै हुदैन कि जस्तो गर्छन, सन्तान त ती नारी ले जन्माउछिन तर वंश पुरुषको चल्छ । महिलाको आफ्नो परिचय नै हुदैन ,उनी सधै पुरुषको परिचयमा बाच्नु पर्छ । जात ,धर्म ,गोत्र सबै पुरुषको नै हुन्छ ।एउटा नारी बिहे गरेर पुरुषको घरमा जान्छिन त्यसपछी ती कतिपय नारीलाई नोक्करनी व्यबहार गरिन्छ,। काम त उनी सबै गर्छिन तर उनी तलब पाउदिनिन । उनी आफ्ना सामान्य भन्दा सामान्य अवस्यकता पुरा गर्नका लागि जीवन भर पुरुषको अधिनमा रहेर चाकडी गर्छिन । नारिलाइ विभिन्न बाहना मा या आरोप मा विभिन्न यातना दिने गरिन्छ।
।तराईका सवै जिल्लाहरुमा नारिहरुमा अझै पनि दाइजोको नाउँमा कम दाइजो ल्याएकै कारण विभिन्न यातना ,कुटपिट सहनु परेको छ। यति मात्र नभइ दाइजो नल्याईएकै कारण जिउँदै आगोमा पोलिनु परेको छ । यो हाम्रो बुर्जुवा समाजमा अंधबिस्बास अझै कायम छ कतिपय ठाउँमा नारिलाइ बोक्सी को आरोपमा कुटपिट गरिन्छ उनिहरुको इज्जत मा आच आउने कार्य गरिन्छ र मर्न बध्य पुर्याइन्छ । ती नारिहरुको लागि संविधानको पाना मा त बने कानुन तर ब्यबहारिक रूपमा कार्यान्वयन भने भएको पाइदैन।
पश्चिमका जिल्लाहरुमा अहिलेपनि छाउपडि पर्था कायम छ।
भन्नको लागि छोराछोरी बराबरी भनेर त्यो केबल देखावटी मात्र हो जस्तो लाग्छ।
समाजमा छोरिको हैसियतका कुराहरु उठाने गरिन्छ,तर अजै पृतिसतात्मक चिन्तन हावी छ।
अहिले प्राय पुरुष बुढेसकालमा जुन छोरालाइ साहरा मानिएको हुन्छन , त्यही छोराले नै बृद्धआश्रममा पुर्याइदिन्छ ।आफू छोरा हुनु को कर्तब्य बृद्धआश्रममा पुर्याएर निर्बाह गर्नेपनी देखिन्छ।
भनिन्छ यो समजमा मृत्युपछि दागबत्ती दिनलाइ वा आफ्नो सम्पत्ति खानलाइ भए पनि छोरा चाहिन्छ ।समाजमा कोहि परिबारसंङ्ग सन्तानको रूपमा ४/५वोटि छोरी हुन्छन, तर समाजले छोरीलाई सन्तान को रूपमा मान्न हिच्काउने चलन अझै कायम रहेको पाइन्छ।
बुर्जुवा समाजलाइ छोरा नै चाहिन्छ ।त्यो बुर्जुवा समाजले छोरिको महत्त्वलाई बुझेर पनि बुझ पचाइरहेको अवस्था छ।ती छोराले त्यो समाजको कुनै परिबारमा बाचुन्जेल सुख दिन्छ भन्ने के ग्यारेन्टी छ? एक्काईसौं सताब्दिमा छोरिहरु लाई अवसर दिए छोरहाहरु भन्दा कम हुनेछैनन भन्ने उदाहरण छोरिहरु अन्तरिक्षा देखि पेलेन उडाउने पाइलट सम्म बनेर देखाएकाछन ।
हाम्रो बुर्जुवा समाज
छोराको लागि आफ्नो सम्पत्ति र दागबत्ती पाउने आश मा छोराकै पोछी दौडिरहेको देखिन्छ । के छोरिले दागबत्ती दिनु हुदैन ,?छोरिले दागबत्ती दिएमा नराम्रो हुन्छ ,स्वोर्ग जान पाइन। बुर्जुवा समाजको धर्म ले त तेहि भन्छ नि आखिर , के छोरी ले लगाको चितामा आगो बल्दैन ?प्रमाणित गरि देखाउन म यो बुर्जुवा समाजलाइ चुनौती दिन्छु?! छोरिले दिएको दागबत्तीको लास जल्दैन भने मात्र म मान्छु यो बुर्जुवा समाजले मान्ने धर्म साचो रहेछ? होइन भने छोरिले दिएकै दागबत्ती कै कारण स्वोर्ग जान रोकिन्छ । कां छ त्यो स्वर्ग? होइन भने छोरिलाई किन छोराको दर्जा दिइदैन ?। नारी जाती संसारको को सृष्टिदाता हुन ,नारी बिना यो सन्सार को अस्तित्व छैन ,यदि बुर्जुवा समाजले भगवान मान्छ भने मन्दिर को ढुङ्गा लाई होइन ती महान नारी जस्ले तिमिलाइ जन्म दिन्छन् , बढाउछन , पाल्छिन तिनी नारिलाइ भगवान सम्झेर पुजा गर अपमान अनि विभेद होइन । सम्पुर्ण छोरी चेली लाई एस्तो संस्कार सिकिदेउ कि आमा घरको चुलो को काम होइन बन्दुक चलाउन सिकाओस ता कि पुरुषबादी समाजले ले गिद्दे दृस्टी ले नहेरुन ।किन अझै पनि नारिलाइ बजारमा बेच्न राखिएका खेलौना सम्झिन्छन? । यो समाजमा परिवर्तन ल्याउन सम्पुर्ण नारिहरु एकजुट हुनु आवश्यक छ।न्याए समानता बराबरिको हक कानुनमा मात्र होइन व्यबहारमा पनि लागू गराउन अझै संघर्ष र सामाजिक चेतना को खांचो छ।