खिमराज चालिसे
(मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सल्लाहकार)
नेकपा (मसाल) नेपाली कम्युनिष्ट आन्दोलनको एउटा मात्र सच्चा क्रान्तीकारी कम्युनिष्ट पार्टी हो । जसले अत्यान्तै गौरवमय इतिहास बोकेको छ । दुरगामी निर्णयको विश्व दृष्टिकोण राखेको तथा त्याग बलिदान एवं संघर्षको सारगर्भित पृष्ठभूमिमा उभिएका नेतृत्वहरु र सामुहिक निर्णय, व्यक्तीगत सक्रियतामा नेता कार्यक्रताहरुको प्रतिभालाई उर्जात्मक रुपमा प्रशिक्षणबाट खार्दै दक्ष कार्यकर्ताहरु निर्माण गर्ने कम्युनिष्ट कारखानाको रुपमा स्थापित पार्टी हो मसाल । आफ्ना सबै स्तरका कार्यकर्ताहरु तथा सदस्यहरुलाई सैद्धान्तिक ज्ञान दिंदै लेनिनवादी संगठनात्मक पद्धतिले सुसज्जित छविले अलंकृत नेकपा (मसाल) नेपालको सन्दर्भमा आमुल परिवर्तनको सुन्दर तथा स्वर्णिम नेपालको परिकल्पनाको साक्षात दर्पण पनि हो ।
नेकपा (मसाल)को यहि गौरवशाली ऐतिहासिक पृष्ठभूमि, दुरगामी विश्व दृष्टिकोण र सक्षम नेतृत्वबाट थर्कमान साम्राज्यवादीहरु, प्रतिगमनकारीहरु र विभिन्न अवसरवादीहरुले लामो र श्रृखलावद्ध रुपमा नेकपा (मसाल)को क्रान्तिकारी नीति सिद्धान्त र नेतृत्व विरुद्ध आक्रमण गरि नीति र नेतृत्वलाई धरासायी पार्ने असफल प्रयास गरिरहेका छन्् । हुन त क्रान्तिकारी नीति सिद्धान्त माथी हमला गर्नु नयाँ विषय होइन तर वर्षौदेखिको आक्रमणको शैली वर्तमानमा फरक रुपमा देखिएको मात्र हो ।
अहिले पार्टी क्रान्ति र परिवर्तन विरोधीहरुले छद्धम रुपमा लामो समयदेखि आक्रमण गरिरहेको अवस्थामा त्यो छद्धमभेषीहरुको पार्टी विरोधी गतिविधिहरुलाई अझै अगाडि बढाउँदै विभिन्न, अराजक, क्यारिरिष्ट पदलोलुप तथा अवसरवादीहरुद्धारा आक्रमणको दुस्साहस पुर्ण कार्य गरिएको छ । भुमिगत पार्टीका सर्कुलरहरु न्युजहरुमा राख्ने, पार्टीको प्रिंट पत्रिका कब्जा गरेर पार्टी विरोधी गतिविधिमा प्रयोग गर्ने, अझ आनलाइन नै चलाएर पार्टी विरुद्ध आगो ओकल्ने दुस्साहसपुर्ण कार्यहरु गर्ने कार्य तिव्र रुपमा देखिएको छ । यस्ता प्रकारका कार्य कम्युनिष्ट नैतिकता र आदर्शको सामान्य ज्ञान भएकाहरुले कदाचित पनि गर्न सक्दैनन् । सामान्य रुपमा पनि थोरै बुझ्दा छर्लङ्ग छ, पार्टी विरोधी गतिविधिमा लागेका मान्छेहरु या त दुश्मनका एजेंटहरुबाट या त प्रतिक्रियावादीहरुको जान अञ्जानमा गोटी बनेका व्यक्तीहरु मात्र हुनसक्छ ।
हामीले बुझेको, सिकेको शिक्षाको आधारमा भन्नुपर्दा कम्युनिष्ट पार्टीमा धेरै कडा अनुशासन हुन्छ र पार्टी सदस्यहरुका लागि पार्टी निर्णय सर्वोपरि हुन्छ । जहाँ पार्टी नेता कार्यक्रताहरु निर्णयको पालना गर्ने विषयमा दुश्मनसँग लडदा हाँसीहाँसी मृत्यूवरण गर्न पनि हिच्किचाउँदैनन् तर पार्टी संगठनको गोपनियता र अनुशासनको रक्षा कम्युनिस्ट पार्टीको सदस्यहरुका लागि सबैभन्दा महत्वको विषय हुन्छ । यसरी नीति निर्देशन विधान र नेतृत्वको निर्देशन कम्युनिष्ट पार्टी सदस्यहरुका लागि मान्नै पर्ने माक्र्सवादी लेनिनवादी संगठनात्मक पद्धति भित्रको कुरा हो । कम्युनिष्ट पार्टीका सदस्यहरु पार्टी संगठन र कार्यकर्ताहरु बचाउन जीवनको आहुती दिन पनि पछि पर्दैनन् । कुनै कारणले पार्टीमा आउने आँचको विरुद्ध पनि एकत्रित तथा संगठित रुपमा संघर्ष गर्न पछि पर्दैनन् भन्ने गौरवशाली विश्व कम्युनिष्ट इतिहास छ ।
त्यतीमात्र होइन, पार्टी छोडेर अन्यत्र जाने कार्यकर्ताहरुमासम्म कम्युनिष्ट नैतिकताको विषय लागु हुन्छ । त्यसैले कुनै सदस्यलाई पार्टी मन नपरेर पार्टी नै छोडनु परेमासम्म उसले पनि लौहअनुशासनको पद्धतीलाई अंगिकार गर्दै पार्टीको भुमिगत संरचना, गोपनियता र भूमिगत नामको बारेमा सार्वजनिक गर्ने हिम्मत गर्दैनन् । किन कि यसरी सार्वजनिक गर्नुलाई उनीहरु कम्युनिष्ट नैतिकता, अनुशासन र कम्युनिष्ट चरित्रको आदर्शमाथि गरिएको धोका सम्झन्छन् । कम्युनिष्ट पार्टी भित्रको संरचना र कडा अनुशासनका साथ अति परिश्रम गर्नुपर्ने, लगातार आर्थिक सहयोग गरिरहनु पर्ने, निरन्तर क्रियाशिल भइरहनु पर्ने लगाएतका कारणहरुले कैयन मान्छेहरु लामो समयसम्म पार्टीमा टिक्न नसक्ने वा पार्टी छोडने गरे पनि कम्युनिष्ट कार्यकर्ताले आफ्नो पार्टी अनुशासन तथा गोपनियता तोड्नेसम्म दुश्शाहस गर्दैनन् । तर अहिलेका अराजक गतिविधिमा संलग्न साथीहरुले भने नआफुले केही गर्ने, नगर्न दिने वा पार्टीमा अराजकताको माहौल बनाएर पार्टी सखाप अभियानमा लागेको पाइएको छ । यसरी उनीहरुको व्यवहार हेर्दा हददर्जाका क्यारिरिष्ट पदलोलुप चरित्र बोकेका पार्टी क्रान्ति र परिवर्तन विरोधीहरु हो भन्नु अतिसोक्ती नहोला ।
भनिन्छ, एउटा सडेको माछाले पुरै पोखरी दुषीत पार्दछ । ठिक त्यसरी नै समाजमा, पार्टी संगठनमा केहि मुठ्ठिभर अनुशासन विहिन अराजक व्यक्तीहरुले सामाजिक संजाललाई प्रयोग गरि धेरै अनुशासित र इमान्दार कार्यकर्ताहरुलाई पथबाट विचलित पार्ने कोशिस गरिरहेका छन् । कार्यकर्ताहरु बीच अन्यौलको वातावरणमा निर्माण गर्न प्रयास गर्नु त्यति ठुलो कुरा नहोला तर एउटा पार्टी संगठन र संस्थाको साधारण सदस्यसम्म नरहने गरि कार्यवाही परेका व्यक्तीहरुबाट त्यही संगठनको नाम लिएर त्यो संगठनले हिजो दिएको मर्यादाको उपयोग गर्दै स्वघोषित नेता बन्न प्रयास गरिरहेका छन् । उनीहरु स्वयं सामाजिक रुपमा मात्र होइन नैतिक रुपमा अत्यान्तै तल्लो स्तरमा पुगेरे पार्टी संगठनको नेतृत्वमाथि हमला गरिरहेका छन् । त्यसरी उनीहरु स्वंयले आफूहरुलाई पार्टी संगठनबाट किन कार्यवाही गरिएको हो त भन्ने कुरा दिनानु दिन आफैले स्पष्ट पारिरहेका छन् । संगठन भित्र गुटबन्दी गर्ने, माथिल्लो समिति, विधान र नेतृत्वको निर्देशन नमान्ने, संगठनको आर्थिक हिसाब (सदस्यताका रकम, लेबी, प्रकाशन तथा विभिन्न कोटाहरुको रकम) माथील्लो समितिमा नदिने, लगाएत आफ्ना मतभेदलाई तल्लो समितिमा लैजाने र पार्टी संगठनले विभिन्न समयमा अनुशासनात्मक कार्यवाही गरेका मान्छेहरु, अराजक गतिविधिमा लागेका व्यक्तिहरुलाई समेतलाई खोजीखोजी गुट तैयार गर्ने कार्यहरु गरिरहँदा पनि
लामो समयदेखि सच्चीने कैयन अवसरहरु दिई रहँदा पनि नसुध्रे पछी अन्तत : कार्यबाही गर्नु स्वभाविक नै थियो र भयो ।
अहिले सो समुहले आफुलाई क्रान्तिकारी देखाउन न्वारनदेखिको बल प्रयोग गरिरहेको छ । नेकपा (मसाल)लाई दक्षिणपंथी भन्छ तर आफू मसाल हौं भन्न छोडदैनन् । मूल प्रवाह अवैधानिक र टिकेहरु भएको भन्छन् तर आफैले मूल प्रवाह हौं भन्छन् । मूल प्रवाहका नेतृत्वलाई टिके भन्छन्, उनै मूल प्रवाहको नेतृत्वदायी व्यक्तिहरुले हस्ताक्षर गरेको सदस्यता वितरण गर्दै हिंड्छन् । एकजना पण्डीतले कौवाले इनारमाथि बसेर का का गर्नुको अर्थ सुझाएका थिए । त्यसरी नै उनी जो व्यक्तिहरुमा विचारको कुनै “वि”को गन्ध पनि छैन उनै व्यक्तिहरुले मूल प्रवाहको वर्तमान नेतृत्वलाई “वैचारिक स्खलन” भएको आरोप लगाउँछ । जसले पार्टीको नीति आफू अनुकुल निर्णय नभएकोले संगठनको उदेश्य, अनुशासन, विधि, विधान र पद्धतीको धज्जीया उडाउँदै हिंडेको छ, उनै व्यक्तिहरुका पिछलग्गुहरुले संगठनको नेतृत्वलाई अवसरवादको भण्डाफोर गर्ने बताउँछ । जो पार्टी वा संगठनको साधारण सदस्यसम्म छैन र संगठनको वा पार्टीको स्वघोषित नेता घोषणा गर्दै हिंड्छ ति व्यक्तिहरुले वैधानिकता र अबैधानिकताको गफ चुटदै भारत प्रवासका श्रमजिवी नेपालीहरुलाई वेबकुफ बनाउँने कोशिस गर्छ । यो भन्दा हास्यासपद र अराजकताको उदाहरण के हुन सक्छ ? पण्डीतले कौवाले इनारमाथि बसेर का का गर्नुको अर्थ सुझाएका थिए, यही होला । या त उनीहरुले संगठनका नेतृत्व माथि हमला गर्ने उदेश्यले लेख रचना तयार गर्दा ऐनाको अगाडि उभिएर लेखेको अनुभुती हुन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने उनीहरु मसाल दक्षिणपंथी पार्टी हो पनि भन्छन््=तर आफु त्यही पार्टी संगठनका सदस्य हौ भन्छन् । उनीहरुसँग न त क्रान्तिकारी नीति सिद्धान्त छ, नत क्रान्तिकारी पार्टी खोल्न र चलाउन सक्ने आँट, नत कम्युनिष्ट नैतिकतामा रहन सक्ने क्षमता छ । ठीक त्यसरी नै भारतमा मूलप्रवाहको केन्द्रलाई अवैधानिक समिति र नेतृत्वलाई टिके भन्छन् तर उनीहरु स्वय मूल प्रवाहका सदस्यहरु होइनन् । उनीहरुमा पनि नत आफूले बहुमत वा वैधानिक भेला गरेर संगठन निर्माण गर्ने आधार छ, नत संगठन चलाउन सक्ने क्षमता ।
यसरी कहिले गालिगलौज गर्दै त कहिले परिवर्तनका ठेकेदार बनेर हिंडेका स्वघोषित कथित प्रदा भित्रका अवसरवादीहरुले नीति सिद्धान्त दर्शन सबै तिलाञ्जली दिएपछि वाकुनिन कै मार्गमा अति क्रान्तिकारी देखाउने असफल प्रयास गरिरहेका छन् । कतिपयले पार्टी विरोधी आनलाइन र कब्जा गरेका प्रिंट मिडियामा लेख रचना समाचार दिएर फूटपरस्त गतिविधिलाई पक्षपोषण गर्ने गरेको देखिएको छ । त्यस्ता व्यक्तीहरुलाई समय मै चिन्नु पर्ने आवश्यक छ । सम्पूर्ण इमान्दार र प्रतिवद्ध कार्यकर्ताहरु एकजुट भई सम्पूर्ण प्रकारका अबसरवादका विरुद्ध निर्ममतापूर्वक सशक्त प्रतिवाद गर्नुको विकल्प छैन ।