शुक्रबार, बैशाख १२, २०८२

पैसा लिएर बलात्कार घटनामा मिलापत्र : वडा सदस्यसहित ७ पक्राउ परे

रोल्पा। बलात्कार जस्तो जघन्य अपराधका घटना गाउँमै मिलाएको आरोपमा रोल्पामा एक वडा सदस्यसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नै जेठाजुबाट बुहारी बलात्कार भएको घटना गाउँमै मिलाएको आरोपमा लुंग्री गाउँपालिका वडा न. ४ का वडा सदस्य हिमबहादुर विष्टसहित ७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अन्य दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरा रहेका छन्। पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गरेका थिए। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।लोकपाटी अन्लाईनमा यो समाचार छापिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?