
दुर्गा सर्मा आचार्य
१)घुमदै फिर्दै तिज आयो बर्ष दिन गनेर
अन्याय र अत्याचारका पोका बोकेर ।।
२)हर्ष उल्लास हुनु पर्ने तिज नारी जातिलाई
दुख र पीडा कति, सुनाउँ बरिलै ।।
३)के के सुनाउ कति सुनाउ देशको हाल यस्तै छ
दिन दिनै हत्त्या हिँसा बढ्दै गाको छ ।।
४)अन्याय र अत्याचारले सिमा अति नाग्दै छ
यो देशले शान्ति अनि न्याय माग्दै छ ।।
५)दिन दाहाडै हत्या हिँसा बलात्कार बढ्दैछ
बच्चा देखि वृद्ध सम्म सबै यस्तै छ ।।
६)दिन बित्छ रात बित्छ यस्तै यस्तै देखेर
असह्य पीडा हुन्छ मन दुखेर ।।
७)जन्म अनि कर्म दिन्छौ बाबू आमा बनेर
ठुलो आशा भबिस्यको सपना देखेर ।।
८)सन्तानलाई सफल पार्ने बा-आमाको चाहना
बिच बाटोमै लुटिन्छन नि तिनका सपना ।।
९)बढ्दो हिँसा बलात्कारका घटनाले पिरल्छ
न्याय नपाई छट्पटीमा मर्नु पर्दछ ।।
१०)छोराछोरी बराबर दुई आँखाका नानीलाई
कुदृष्टी लगाउछन छोरी जातिलाई ।।
११)रगत एउटै आमा एउटै ,एउटै हुन्छन् चाहना
सृष्टिका फुल निमोठ्ने अनेक बहाना ।।
१२) नियम कानुन बने पनि कागजमै सिमित
सोझा साझा जनता हेर सधै पिडित ।
१३)नियम कानुन बनाउनेले लागू गर्नु बराबर
तर हाम्रो देशमा हेर बहिरो छ सरकार ।।
१४)निर्मला झै कयौ छोरी अन्यायमा पार्याछन
न्याय देला भन्दा सरकार बहिरो भाछ झन ।।
१५)सबको जीवन उस्तै उस्तै अमुल्य हैन र
महिला पुरुष बराबर बाँच्न पाईन्न र ।।
१६)पैसा र पावरमा दोषी चोखो भैदिने
अन्यायमा परेकाको पिडै नसुन्ने ।।
१७)शोषित पीडित नारिका कस्ले सुन्ने गुनासा
यसै बसि हुन्न है उठौ अब त ।।
१८)अझै पनि यसै बसे हक कहाँ पाईयो
एकै स्वरमा बोल नारी , न्याय चाहियो।।