तम्घासको मिलन चोक बाट सुरु भएको विरोध र्यार्ली जिल्ला प्रशासन कार्यालय अगाढी आई कोण सभामा परिणत भएको थियो।कोण सभालाई नेकपाका नेता तारा पोख्रेल र बसन्त गैरेले सम्वोधन गरेका थिए, त्यसैगरी  अखिल क्रान्तिकारिका अध्यक्ष बिकल्प खत्रीले पनि संबोधन गर्नुभएको थियो

दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष समेत रहेका गैरेले चौतर्फी विरोध भैइरहेको एमसिसि केही नेताले कमिशनको लागी अगाडी बढाउन खोजेको बताए।मसिसि राष्ट्रको लागी घातक रहेको सावित भैसकेको बताउदै यसको विरुद्ध सबै नेपाली एक जुट भएर विरोध गर्नु पर्ने उनको धारण रहेको छ ।

त्यस्तै नेकपाका जिल्ला सदस्य तारा पोख्रेलले एमसिसि सम्झौता तत्काल खारेज नभए नेपाली जनताले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य  हरी न्यौपानेले पनि एमसिसि सम्झौता खारेजको माग गर्दै आगमी दिनमा सबै पाटी र देशभकत नागरिकले संयुक्क्त रुपमा आन्दोलन गर्नु पर्ने बताए ।त्यसै गरि स्वतन्त्र युबासंघ गुल्मिका आनन्द टन्डनलेपनी आफ्नो भनाइ राखेका थिए।