नेपाली कम्युनिस्ट आन्दोलनका सबैभन्दा पुराना नेता तथा नेकपा मसालका जेष्ठ सदस्य कामरेड खगुलाल गुरुङको निधन भएकाे छ ।प्यूठान गौमुखी गाउँपालिका, नारीकोट निबासी खगुलाल गुरुङको १ सय ४ वर्षको उमेरमा बुटवलको लुम्बिनी अस्पतालमा निधन भएको हाे । बामपंथी नेता गुरुङ नेपाल कम्युनिस्ट पार्टि मसालका जेष्ठ वरिष्ठ सदस्य हुनुहुन्थाे ।
बिगत केहि दिनअघि देखि स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियाे । स्वास्थमा सुधार नआएपछि अक्सिजन सहितको एम्बुलेन्सबाट बुटवल रिफर गरिएको थियाे । कामरेड खगुलाल गुरुङको कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी भुमिका निभाउनु भएको थियो,नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह शीत मिलेर उहाँहरुले २०१० सालमा प्युठानमा किसान आन्दोलन गर्नुभएको थियो।