शुक्रबार, बैशाख १२, २०८२

जेष्ठ कम्युनिस्ट नेता गुरुङको निधनमा राजमो लुम्बिनी प्रदेशद्वरा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

 

आश्विन ३ बुटवल । जेष्ठ कम्युनिस्ट नेता खगुलाल गुरुङको आइतबार बिहान १०४ वर्षको उमेरमा निधन भएको छ। स्वर्गीय गुरुङको निधनमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिले बुटवलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ।

श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले खगुलाल गुरुङले राणा शासनका बिरुद सक्रिय भई कम्युनिस्ट पार्टिमा आवद्ध भई प्युठानमा कम्युनिस्ट पाटी जन्माउनमा गुरुङले ठुलो भुमिका खेल्दै कम्युनिस्ट विचार, सिद्धान्त र अनुशासनमा नअल्माउने कम्युनिस्ट नेता भएको बताउदै अध्यक्ष केसीले स्वर्गीय गुरुङले अडिग रुपमा सिद्धान्त र पार्टी प्रति दिएकाे याेगदानलाई हामीले बिर्सन नहुने र उहाँले देखाएको बाटाेमा सधै हिड्ने प्रतिवद्ता दिदै गुरुङकाे निधन प्रति दुख व्यक्त गर्नुभएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा बामपंथी नेता सुरेश थापा, राजमाे लुम्बिनी प्रदेश सांसद तारा जिसी, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द बहादुर केसी, जातिय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, अखिल नेपाल ट्रेड युनियन रुपन्देहीका अध्यक्ष कविराज गिरि, रक्तिम सांस्कृतिक अभियान रुपन्देहीका उपाध्यक्ष दिलिप रसाइली र अखिल (छैठौं)का केन्द्रीय सदस्य सराेजमान सिंहले जीवनभरि नै समाजलाई बदल्न र समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र उत्पीडनको अन्त्य गरी सुखी र उन्नत समाज निर्माणका लागि स्वर्गीय गुरुङ सँधै संघर्षरत रहेकाे भन्दै उहाँले देखाएको बाटाेलाइ पछ्याउँदै जानुपर्ने र उहाँले देखेका सपना पुरा गर्नुपर्ने बताए।

कार्यक्रम राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष बद्रे आलमकाे अध्यक्षता, सचिव साेम कार्किकाे संचालन र काेषाध्यक्ष गणेश गैतमकाे स्वागतमा सम्पन्न भएको थियाे।

  • प्युठानकाे गाैमुखि गाउपालिका ८ खैरामा वि.सं. १९७५ भाद्र २५ गते जन्मेका गुरुङ वि.सं. २००७ साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भई २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेर लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रहँदै आउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?