आइतवार, फाल्गुन ३, २०८२

सुनगाभाको छैठौ बार्षिकत्सब उत्घाटन समारोह कार्यक्रम समापन

 

टिकाराम थापा तुफान
आश्विन२२शुक्रबार

खेलकुद र समाज बिकाशमा युवा सहभागिता ।अनुशासन आपसी मिलाप र स्वच्छ प्रतिस्पर्धा आजको आश्यक्ता।। भन्ने मुल नाराको साथमा स्थापित श्री सुनगाभा युवा परिवार कालिगन्डकी गाउपालिका ६ रम्फै गुल्मीले आफ्नो छैठौ बार्षिकत्सब खेलकुद तथा बिबिध कार्यक्रमको साथमा यहि मिति २०७८ आश्विन २१ देखि २७ गते सम्म नेपालिजनको महान पर्व बिजया दशमि अबसर पारी मनाउदै छ।
आज दोस्रो दिन २२ गते औपचारिक रुपमा कार्यक्रमको उत्घाटन भएको हो।
प्रमुख अतिथि कालिगन्डकी गा.पा.अध्यक्ष बेद तारामी मगर अन्य विशेष कामको कारणले उपस्थित हुन नसक्दा उपाध्यक्ष तारा थापा ज्यु ले प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो भने विशिष्ट अतिथीमा रास्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य रामकुमार क्षेत्रि र अन्य अतिथिहरुमा अखिल नेपाल युवक सँघ कालिगन्डकी गा.पा.अध्यक्ष मेघराज शर्मा,स्थानिय बुद्धिजिबि थोम बहादुर सिन्जालि मगर,पुर्ब वडा अध्यक्ष पुर्ण ब.थापा मगर,लालिगुराँस आमा समुहका कोषाध्यक्ष हरिकला थापा,तोलाकोट प्राबिका शिक्षिका तिलमाया थापा लगायतका अन्य समाजसेविहरु हुनुहुन्थ्यो।

सुनगाभाका अध्यक्ष बल तारामी मगर जि को स्वागत मन्तब्य सँगै बिगतका बर्षहरुमा जस्तै साथ र सपोर्ट दिनुहुने सम्पुर्ण सहयोगि मनहरुलाई धन्यबाद प्रकट गर्दै आगामि दिनहरुमा पनि यस्तै सपोर्टको अपेक्षा रहेको बताउनु भएको थियो।
त्यस्तै बिशिस्त अतिथि रास्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रि मन्चमा बोल्दै देशको बर्तमान परिस्थिति,सङ्घियता र एम सिसि को बिषयमा प्रस्ट पार्दै देशको एक मात्र असल पार्टि रास्ट्रिय जनमोर्चा मात्र भएको दाबि गर्दै सम्पुर्ण न्यायप्रेमि जनता,खेलाडि यस पार्टिमा गोलबन्ध हुनको लागि आग्ह्वान गर्नु भएको थियो।
यस्तै आफ्नो शुभकामना मन्तब्य प्रस्तुत गर्दै प्रमुख अतिथि तारा थापा कार्यक्रम सौहादपुर्ण बाताबरणमा भब्यताका साथ सफल होस भन्ने कामना सहित बरल्बा, रम्फै, बरेङ बाग्लुङ मोटर बाटोलाई रु.९२ लाख बजेट,रम्फै- देउराली कोरेङ खण्ड बिधार्थिहरुको लागि पौवा प्रतिक्षालय निर्माण र रम्फै सिस्ने माइको थान पौवा निर्माणको लागि बजेट निकाशा भएको कुरा जानकारी गराउनु भएको थियो।

उत्घाटन खेल करिव/करिव ५ बजेको समयमा प्रमुख अतिथि तारा थापाले रिबन काटि विशिष्ट अतिथि रामकुमार क्षेत्रि ज्यु ले सर्भिस गरि सुरु गरिएकोमा प्रतिस्पर्धि टिमहरु रक्षा युवा क्लब रानीपानि पर्बत र पश्चिमाञ्चल युवा क्लब ओइनकुना बाग्लुङ बिच प्रतिस्पर्धा गराइएकोमा १ सेट पर्बत र २ सेट बाग्लुङले आफ्नो पक्षमा पार्दै पश्चिमान्चल बाग्लुङ बिजय बनेको छ।

भोलि बिहान ठिक १० बजे देखि सन्चालन हुने पुरुष भलिबलको लागि अहिले सम्म १८ टिम र महिला भलिबल तर्फ जम्मा २ टिम थ्रि स्टार युवा क्लब खनियापाटा गुल्मी र कालिका युवा क्लब भयकोट गुल्मिले दर्ता गराएको कुरा खेल संयोजक राज सिन्जालिले जानकारी दिनु भएको छ।

उत्घाटन खेल चलिरहेकै अबस्थामा प्रमुख र बिशिष्ट अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

सुनगाभाका संस्थापक सदस्य तथा कालिगन्डकी गा.पा.का वडा नम्बर ६ का जनप्रतिनिधि सदस्य मिरा थापा ज्युको प्रमुख अध्यक्षता रहेको यस कार्यक्रमको संचालन केशर थापा मगरले गर्नु भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal