जुमान सिंह के सी,प्युठान
प्यूठानको ठुलाबेसिमाअहिले सम्मको सबैभन्दा धेरै राशीको भलिबल प्रतियोगिता गरिएको छ । ‘कला सस्कृतिमा हामी सबैको एकता, स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता’ भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
ठुलाबेसी सामुदायिक मन्चको आयोजनामा गौमुखी गाउँपालिका वडा नम्बर ५ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम गरिएको हो।
ठुलाबेसीका युबाहरु र बजार बासिहरुको सक्रियतामा तीन सम्म कार्यक्रम गरिएको छ।
बिजयदशमीको अबसर पारेर असोज २२,२३ र २४ गते सम्म संचालित कार्यक्रमको उद्घाटन गौमुखी गाउँपालिकाका अध्यक्ष बिस्नु गिरिले गर्नु भएको हो।
कार्यक्रमका बिशेष अतिथि उधोग बाणिज्य महासंग लुम्बिनी प्रदेशका सदस्य तथा समाजसेवी ज्ञमुराम न्यौपाने रहनु भएको थियो।
खेलकुद कार्यक्रममा दाङ, गुल्मी र प्युठानबाट सहभागिता रहेको कार्यक्रम संयोजक रवि चन्दले वताउनु भयो। खेलमा भलिबल तर्फ पहिलो पुरस्कार एक लाख एक हजार, दोस्रो छैसठ्ठी हजार र तेस्रो पुरस्कार चालिस हजार राखिएको थियो । भलिबल प्रतियोगितामा ज्ञानज्योती बोडिङ्ग दाङ प्रथम, मरन्ठाना युवा क्लब मरन्ठाना प्यूठान द्धितिय ,बिक्रम स्टार युवा क्लब प्यूठान तृतिय र मदाने भलिबल क्लब अग्लुङ्ग गुल्मि सान्त्वना भएका छन् ।
त्यस्तै कार्यक्रममा महिला रस्सा कस्सा,स्थानीय पन्चेबाजा, घैटोफोर, सोलो बाइक रेस,निशुल्क दन्त सेवा, लोकगित,लोक नृत्य , भालेपकड प्रतियोगिता संचालन गरिएको थियो।
कार्यक्रममा स्थानीय तथा र्राष्ट्रिय स्तरका कलाकार हरुको सहभागिता रहेको सास्कृतिक कार्यक्रम संयोजक केशव बहादुर के सीले बताउनु भयो। कार्यक्रममा लोक दोहोरी गायक रामचन्द्र चन्द, बिक्रम बाबु बिश्वकर्मा, लोक तथा दोहोरी गायक अनिल खत्री, सम्झना रनपाल, बिबश गिरी र बिनोद बिष्टसहित स्थानीय कलाकारको प्रस्तुति रहेको थियो।
साथै भलिबल खेलमा ९ टिम सहभागी भएका मध्यमा कुनै खेलाडी आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्न नसकेका र अध्यन गर्न चाहाने खेलाडीको लागि ठुलाबेसी सामुदायिक मन्चको पहलमा ज्ञानज्वती कलेज दाङले निशुल्क शिक्षा प्रदान गर्ने कलेजका सह प्राध्यापक मनोज के सी ले प्रतिबद्धता जनएको संयोजक रवि चन्दले बताउनु भयो।
कार्यक्रमलाई सफल पार्नको लागि गौमुखी गाउँपालिका, विभिन्न संघसस्था, ब्यक्ति, व्यावसायि, बजारबासी लगाएतको सहयोगमा कार्यक्रम गरिएको आर्थिक संयोजक बसन्त चन्दले जानकारी दिनु भयो।
कार्यक्रमको अवसरमा निशुल्क डेण्टल सेवा समेत उपलब्ध गराइएको हो। हाईजेनिक डेन्ट्ल सेवा बाग्दुला प्युठानले दिएको सेवा बाट १ सय २० जना लाभान्वित भएको आयोजकले बताएको छ।
कार्यक्रम बिजेतालाई सरुप मेडेल सहित नगद पुरुस्कार र १० हजार भन्दा माथी सहयोग गर्नेहरुको लागि प्रसंशापत्र र अल्लोको टोपिले सम्मान गरिएको थियो।
सेवा सहितको कार्यक्रम भएकोले उपलब्धि मुलक रहेको र हजारौं जनसमुदायको सहभागीता रहेको भन्दै आगामी वर्षको लागि पनि पहल गरिने आयोजकले जानकारी दिएको छ।
तीन दिन सम्म गौमुखी मा बि ठुलाबेसीमा संचालन भएको कार्यक्रमको उद्घोषण पत्रकार जुमान सिंह के सीले गर्नु भएको थियो भने अध्यक्षता संयोजक रवि चन्दले गर्नु भएको थियो।