मङ्लबार, जेष्ठ २६, २०८३

प्यूठानको उत्तरी दुर्मम अस्पतालमा ईसिजी सेवा

 

ठूलावेसी असाेज २६ गते
पुष्प याैपाने तथा सुजाता चन्दले आफ्नाे विवाह अवसरमा प्यूठानको अतिदूर्गम मानिने पूजा स्वास्थ्य चाैकी लिवासे लाई ईसिजी मेसिन र गाैमुखी मावि ठूलावेशीमा दलित छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ।वर-वधु का हजुरबुबा प्रसिद्ध समाजसेवी लालुरामले अस्पताल परिसरमा प्रतिक्षालय निर्माण गर्ने वताउनुभयाे।
विवाह पछिकाे हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मा० तारा जिसीले विवाह अवसरमा नवविवाहित जाेडीले विकास निकासमा प्रयाप्त अवसर नपाएको गाैमुखी क्षेत्रमा दिर्घराेगीकाे लागि अतिमहत्वपूर्ण मानिने ईसिजीसेवा सूरूगराउन गरेको पहल प्यूठानकाे उत्तरी बेल्ट र छिमेकी जिल्ला समेतका दीर्घराेगीहरूकालागी अतिमहत्वपूर्ण सावित हुने बताउनुभयो । नवविवाहित जाेडीले सुरूगरेकाे समाजिक कार्य समाजका अरूले पनि अनुसरण गर्न याेग्य भएको भन्दै नवजाेडीलाइ सफल दाम्पत्य जिवनकाे शुभकामना दिनुभयो । विशिष्ट अतिथि गाैमुखी गाउँ पालिका अध्यक्ष विष्णु कुमार गिरी,याे क्षेत्रका समाजसेवी तथा अन्य विशिष्ट ब्यक्तित्वहरूकाे समेत आतिथ्यता रहेकाे कार्यक्रमकाे अध्यक्षता समाजसेवी लालुराम जैसी र स्वागत वर का बुबा ज्ञामुराम न्याैपाने गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal