आइतवार, चैत्र २, २०८१

झिमरूक ७ मा राष्ट्रिय जनमोर्चाको वार्ड स्तरिय संयुक्त प्रशिक्षण भेला सम्पन्न

 

प्यूठान मंसिर ११गते

राष्ट्रिय जनमाेर्चा झिमरूक गाउँ पालिका वार्ड नं ७ मा संयुक्त प्रशिक्षण कार्यक्रम वामपन्थी नेता बासुदेव पाेख्रेलकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।देशकाे तात्कालिन अवस्था र पार्टीको आगामी भूमिका बारे नेता पाेख्रेलले विस्तारमा वताउँनुभयाे। कार्यक्रममा राजमाे केन्द्रीय सदस्य नारायण जिसी,लुम्बिनी प्रदेश सभा सदस्य माननीय तारा जिसी,किसान महासंघ प्यूठानका अध्यक्ष मीन बहादुर केसी,शिक्षक संघ झिमरूक का अध्यक्ष गाेपाल गिरी राजमो ओडा नं तिनका रेकम बहादुर महत्रा ,जगत एम सि , झिमरूक वार्ड नं ५ का अध्यक्ष तथा राजमाे जिल्ला सदस्य टीका जिसीले पनि सम्वाेधन गर्नुभएको थियोे । कार्यक्रममा समता जिल्ला सदस्य रेकम रसाइली,पत्रकार संघ जिल्ला समितिका लाेकेन्द्र सुनार,किसान महासंघ वार्ड ७ का अध्यक्ष पूर्ण बहादुर महतारा र राजमाे जिल्ला सल्लाहकार ठाकुर गिरी काे समेत आतिथ्यता रहेको थियोे । वार्ड समितिका अध्यक्ष दिनेन्द्र एम्सीकाे अध्यक्षता सम्पन्न भएको कार्यक्रमकाे संचालन केवि सुनार र स्वागत ठाकुर गिरीले गर्नु भएको थियोे।सयौं नेता कार्यकर्ता सहभागी संयुक्त प्रशिक्षण कार्यक्रममा एक जना एमाले बाट र तीनजना नेका बाट राजमाे मा प्रवेश गर्नु भएको छ।नव प्रवेशीलाई राजमाे केन्द्रीय सदस्य नारायण जिसी लगायत अतिथिहरूले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?