
जुमान सिंह के सी मंसिर १६ प्युठान
प्युठानको गौमुखी गाउपालिकाको ठुलाबेसिमा दुई दिने निशुल्क अँखा शिविर संचालन गरिएको छ।
नेपाल नेत्रज्योति सङ,राप्ती अँखा अस्पताल दाङको आयोजना तथा प्राविधिक सहयोग र डाक फाउन्डेसनको आर्थिक सहयोगमा शिविर संचालन गरिएको छ।
गौमुखी गाउँपालिका प्युठान स्थानीय आयोजकको रुपमा रहेको छ।
पहिलो दिनमा जम्मा ३२३ जानाले चेकजाँच गराएको पुरन ओलिले बताउनु भयो।३५ जना मोतिबिन्दु भएका र ५ जनाकोसामान्य सल्यक्रिया गरि ४० जनाको सल्यक्रिया गरिएको डा. सन्तोष सुबेदिले बताउनु भयो।
दुर्गम र उपचारमा पहुँच नपुगेका ब्यक्तिलाई सेवा पुर्याउने र अन्धोपन न्यूनीकरण गर्ने उदेश्यले शिविर संचालन गरिएको शिविरको नेतृत्व गरि आउनु भएका डा.सन्तोष सुबेदीले बताउनु भयो।
सेवा सुबिधाको हिसाबले दुर्गम गाउँमा रहेका साथै आर्थिक बिपन्न र गरिबीको रेखामुनि रहेका ब्यक्तिलाई सहजरुपमा उपचार दिनको लागि गौमुखी गाउँपालिकाको समेत पहलमा शिविर संचालन गरिएको स्वास्थ्य साखाका केशव ब. के सीले जानकारी दिनु भयो।
शिविरमा स्वास्थ्य परामर्श, औसधि वितरण , चस्मा र अप्रेसनको ब्यबस्था गरिएको केशव के सीले जानकारी दिनु भयो।
शिबिरमा १४ जना स्वास्थय कर्मिहरुको सहभागीता रहेको छ भने शिविर भोलि शुक्रबार सम्म चल्नेछ।