गुल्मीको धुर्कोट गाउँपालिकाको वडा नं. १ नयाँगाउँमा अवस्थित पर्यटकीय स्थान झल्याकोटलाई धुर्कोट गाउँपालिकाले ढुङ्गे बगैँचाको रुपमा स्थापित गर्न लागेको छ । यस ठाउँ अति रमणीय र ढुङ्गै ढुङ्गाले प्राकृतिक र आफैमा यस ठाउँ सौन्दर्यताले भरिपूर्ण रहेको छ । त्यसैले गर्दा एक पटक यस ठाउँलाई अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउनको लागि गाउँपालिकाले ढुङ्गे बगैँचाको रुपमा परिचित गराउँन लागेको स्थानीय गणेस जिसिले झिमरुक पोस्टलाई बताउनुभयो।