सोमवार, फाल्गुन ५, २०८१

राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको छिस्ति र अमलाचाैरमा सम्पन्न

तिलक थापा ,बागलुङ

जैमिनी नगरपालिका वडा न.-८ छिस्तिमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २३ गते जुङमा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले मन्तव्य राख्दै “आन्दोलन बाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्त गर्न संघर्ष गर्न तयार रहन अनुरोध गर्नु भयो।” सम्बोधन कै क्रममा उहाँले काङ्ग्रेस एमाले र माओवादी जस्ता पार्टीले चुनाव जित्नको लागि मात्र भ्रमको राजनीति गर्ने हुँदा उनीहरुसंग सचेत हुँदै राष्ट्रिय जनमोर्चाको अभियानमा जुझारु प्रकारले लाग्न निर्देशन गर्दै ढुंगानाले राजनीतिक स्थिरता भए मात्र अग्रगमनको दिशामा अगाडी बढ्न सकिने बताउनु भयो।
राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष डिलबहादुर श्रीसले स्थानीय राजनीति र संघर्षको बारेमा प्रशिक्षण मन्तव्य दिनु भएको थियो। त्यसै गरि अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा रा.ज.माे. केन्द्रीय सदस्य दिल बहादुर दर्जी, रा.ज.माे. जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचीव संजाल शर्मा, अखिल नेपाल जनजाती सम्मेलन जिल्ला सदस्य होम पुन , अखिल नेपाल युवक संघका जैमिनी नगर अध्यक्ष यम पुन, राजमो जैमिनी नगर कोषाध्यक्ष शान्तकला शर्मा लगाएको आतिथ्यता रहेको थियो। कार्यक्रम जैमिनी-८ का राजमो अध्यक्ष जीवन पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत राष्ट्रिय जनमोर्चा छिस्तीका नेता रघुनाथ पौडेल गर्नु भएको थियो भने संचालन शिव नेपाली गर्नु भएको थियो।

यसैगरी अाजै बा.न.पा. वडा नं. १२ अमलाचाैरमा सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, जिल्ला सचिव भिमलाल पाेखरेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारीले प्रशिक्षण मन्तव्य राख्नु भएकाे थियोे । कार्यक्रममा जातीय समता समाज बागलुङका जिल्ला सदस्य गाेबिन्दलाल बि.क., अखिल नेपाल महिला संघका मुमा शर्मा लगायतका अातित्थ्यता रहेकाे थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष घनश्याम बि.क.काे अध्यक्षता, गाेबिन्द प्रशाद पाैडेलकाे सञ्चालन र जिल्ला सदस्य लाेकनाथ शर्माकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?