आइतवार, माघ ६, २०८१

पृथ्वी जयन्ती र राजतन्त्रको पुनस्र्थापनाको प्रश्न

महोन बिक्रम सिंह

ने.क.पा.(मसाल)ले पहिलेदेखि नै पृथ्वी जयन्ती मनाउने र त्यो दिन सार्वजनिक विदा दिनुपर्ने कुरामा जोड दिँदै आएको छ । हिजो पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपतिले समेत गएर दोस्रो पल्ट पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापन गर्नु स्वागतयोग्य कुरा हो । तर सरकारले नै पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिनुपर्ने आवश्यकतामा हामीले पहिले पनि जोड दिदै आएका छौँ र पुनः जोड दिन्छौँ ।
पूर्व राजाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापन गरेको कुरालाई कतिपय मानिसहरूले राजतन्त्रको पुनस्र्थापनासित जोडेर हेर्न थालेको पनि देखिन्छ । तर पृथ्वीनारायणप्रति आदर प्रकट गर्नु र राजतन्त्रको पुनस्र्थापनाको कुरा– यी दुई बेग्लाबेग्लै कुरा हुन् र ती दुबैलाई एकैसाथ जोडेर हेर्नु सही हुँदैन ।
नेपालको एकिकरणमा पृथ्वीनारायण शाहको ठूलो योगदान छ । उनको त्यस प्रकारको भूमिकाको अभावमा भारतका अन्य कैयौँ राज्यहरू जस्तै नेपालका सानातिना राज्यहरू पनि ब्रिटिश साम्राज्यको अङ्ग बन्न पुग्ने कुरा निश्चित थियो । तर उनको ऐतिहासिक भूमिकाको कारणले एउटा पृथक राष्ट्रको रुपमा नेपालको अस्तित्व रहन सक्यो । त्यसैका लागि हामीले उनीप्रति आदर प्रकट गर्नु पर्दछ ।
तर पछि नेपालमा राजतन्त्र निरंकुश र प्रतिक्रियावादी शासन व्यवस्थाको रूपमा बदलियो । २००७ सालमा राजतन्त्र वैधानिक रुपमा स्थापित भयो । तर २०१७ साल र २०५९ सालमा राजतन्त्रलाई पुनःनिरंकुश रुप दिने प्रयत्न गरियो । जनताको वीरतापूर्ण संघर्ष र बलिदानद्वारा २०६२÷६३ सालको महान आन्दोलनपछि नेपालमा राजतन्त्रको अन्त भयो र गणतन्त्रको स्थापना भयो । गणतन्त्रको स्थापना भएदेखि नै राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गर्न लगातार अभियान चलाउँदै आइरहेका छन् र पूर्व राजाले त्यो अभियानको नेतृत्व गरिरहेको कुरा कुनै लुकेको कुरा होइन ।
पूर्व राजाले एकातिर कैयौँ मन्दिरहरुमा गएर आजापूजा गरेर राजतन्त्रको पुनस्र्थापनाको पक्षमा जनमत तयार पार्ने प्रयत्न गरिरहेका छन् भने अर्कातिर पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरेर जनताको समर्थन बटुलेर राजतन्त्रको पुनस्र्थापनाको पक्षमा जनमत तयार पार्ने प्रयत्न गर्दै छन् । तर हिन्दु धर्म वा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाका आधारमा राजतन्त्रको पुनस्र्थापना गर्ने उनको प्रयत्न कुनै पनि हालतमा सफल हुन सक्ने छैन ।
त्यस प्रकारको पृष्ठभूमिमा पृथ्वीनारायण शाहप्रति आदर प्रकट गर्नुको अर्थ कुनै पनि अवस्थामा राजतन्त्रको पुनस्र्थापना हुँदैन र हुन पनि हुन्न । त्यसकारण हाम्रो पार्टीले एकातिर नेपालको एकिकरणमा पृथ्वीनारायणले खेलेको एतिहासिक भूमिकाप्रति उच्च आदर प्रकट गर्दछ भने अर्कातिर राजतन्त्रको पुनस्र्थापना गर्न चाहने सबै प्रतिगामी प्रयत्नहरूको दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध र भ्रत्र्सना गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?