मङ्लबार, अशोज १, २०८१

युवक संघकाे प्रशिक्षण भेला तंग्राममा सम्पन्न २९सदस्यीय समिती गठन

तिलक थापा बागलुङ

अखिल नेपाल युवक संघ काठेखाेला ४ तंग्राम बागलुङकाे प्रशिक्षण भेला २०७८ पाैष २८ गते सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले प्रशिक्षणकाे क्रममा युवाहरु सचेत र संगठित नभईकन समाजकाे बिकृति र बिसङ्गतिकाे अन्त्य गर्न नसकिने बताउनु भयाे । देशकाे मेरुदण्डकाे रुपमा रहेका युवा शक्तिलाई सत्ता सञ्चालक शासकहरुले सत्तामा पुराउने साधन र रेमिटेन्स भित्राउने अाम्दानीकाे श्राेतकाे रुपमा मात्र प्रयाेग गर्नु देस कै लागि दुर्भाग्य भएकाे बताउदै युवाहरुकाे सक्रियताले मात्र देशका सबै खाले बिकृतिकाे अन्त्य हुने भएकाेले सबै युवा साथीहरू अा-अाफ्नाे ठाउँबाट सक्रिय हुनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सचिव टीका सँगम बि.क. लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे । कार्यक्रममा अखिल नेपाल युबक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम पुन, अखिल नेपाल युबक संघ बागलुङका सदस्य प्रदिप पुन, राष्ट्रिय जनमाेर्चा तंग्रामका सदस्य नर बहादुर थापा, अखिल नेपाल जनजाती सम्मेलन तंग्रामका पुर्व अध्यक्ष तुल बहादुर थापा लगायतकाे अातित्थ्यता रहेकाे थियाे ।
भेलाले लक्ष्मण थापाकाे अध्यक्षतामा ३ सल्लाहकार सहित
२९ सदस्यीय अखिल नेपाल युवक संघ वडा समिति तंग्राम चयन गरेकाे छ । जसकाे उपाध्यक्ष दिलाराम थापा, सचिव दल बहादुर थापा, सहसचिव लाल बहादुर थापा, काेषाध्यक्ष बिकाश थापा सचिवालय सदस्यमा सन्ताेष थापा, केशर थापा, प्रशान्त पुन, नेत्र बहादुर पुन सदस्यहरुमा लाेकेन्द्र थापा, सुर्य पुन, सागर पुन, नेत्र पुन, यम बहादुर पुन, रमेश जाेल्मी, हाेम बहादुर पुन, कृष्ण थापा, कृष्ण बि.क., भूषण थापा, गिरी थापा, बिवेक थापा, बिनाेद पुन, तिलक राना, देव बहादुर थापा, हिरा थापा, नेत्र बहादुर किसान, साेमानन्द किसान २ स्थान रिक्त र सल्लाहकारमा प्रदिप पुन, देव बहादुर थापा, तुल बहादुर थापा रहनु भएकाे छ ।
कार्यक्रम अखिल नेपाल युवक संघ तंग्रामका अध्यक्ष
लक्ष्मण थापाकाे अध्यक्षता, सचिव दल बहादुर थापाकाे सञ्चालन र काेषाध्यक्ष बिकाश थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?